२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको तयारी सभामुखमा घिमिरे, थपिने मन्त्री को-को ?



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले )ले सभामुखमा देवराज घिमिरेलाई उम्मेदवार बनाउने भएको छ ।

एमाले स्रोतका अनुसार सभामुखमा छविलाल विश्वकर्मा र पृथ्वी सुब्बा गुरुङ मुख्य दाबेदारका रुपमा देखिए पनि घिमिरे सभामुख बन्ने सम्भावना रहको छ ।

यसैगरी सत्ता साझेदार दलहरुबीच मन्त्रिपरिषद् विस्तारको भागबन्डा टुंगिएपछि एमालेले आफूले पाउने मन्त्रालयमा पठाउने मन्त्रीहरु पनि मोटामोटी रुपमा टुंग्याएको छ । एमालेले ८ ओटा मन्त्रालय पाउने भएको छ ।

जसमा उपप्रधान तथा अर्थमन्त्रीका रुपमा विष्णु पौडेलले जिम्मेवारी सम्हाल्नु भएको छ । यसैगरी राजेन्द्र राई, दामोदर भण्डारी र ज्वालाकुमारी साहले विना विभागीय मन्त्रीको जिम्मेवारी पाउनु भएको छ । एमाले स्रोतका अनुसार अब थपिने पदम गिरी, हरि उप्रेती र भगवती चौधरी रहनुभएको छ ।