२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा विमान दुर्घटनामा ज्यान गुमाउनेका परिवारप्रति रियल मड्रिडको समवेदना सन्देश



अ+ अ-

एजेन्सी । स्पेनिस फुटबल क्लब रियल मड्रिडले पोखरामा आइतबार भएको विमान दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ ।

रियलले आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा स्टाटस लेख्दै विमान दुर्घटनामा ज्यान गुमाउनेका परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको हो ।

रियलले सामाजिक सञ्जाल फेसबुकमा लेखेको छ, ‘नेपालमा भएको दुःखद विमान दुर्घटनामा आफ्ना प्रियजन गुमाएका सबै परिवारमा हाम्रो समवेदना। हाम्रो सबै शक्ति र साहस पीडित परिवारलाई पठाउँछौँ।’

आइतबार भएको विमान दुर्घटनामा चालक दलका ४ र १५ जना विदेशी गरी ७२ जना यात्रु सवार थिए । दुर्घटनामा हराइरहेकाहरुको अहिले पनि खोजी कार्य जारी छ । यो समाचार तयार पार्दासम्म ६९ जनाको शव भेटिएको छ ।