१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’ ‘पहिरोले आंशिक थुनिएको चौलानी नदीको बहाब सामान्य’ श्रीकृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा पाटनको कृष्ण मन्दिरमा पूजाअर्चना विपदमा बाल संरक्षणलाई प्राथमिकता दिन सिजपकाे आग्रह शिक्षण अस्पताल पुगेर सञ्चारमन्त्री तिमिल्सिनाले लिनुभयो भोटेकोशी बाढीपीडितको स्वास्थ्य अवस्थाबारे जानकारी बाढीले क्षति पुर्‍याएका २० झोलुङ्गे पुल मर्मतमा सरकार युद्धस्तरमा भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने भोटेकोशीको उर्लंदो भेलमा बगेका सपना र भग्नावशेषको डिलमा आँशुः जब ओलीले सुने बगर बनेको बस्तीका…
तपाईं के खोज्दै हुनुहुन्छ ?

फरेन्सिक विज्ञले थाले पोस्टमार्टमको काम



अ+ अ-

पोखरा । काठमाडौँबाट आएका दुई फरेन्सिक विज्ञले विमान दुर्घटनामा निधन भएका शवको पहिचानका लागि काम सुरु गरेका छन् । टिचिङ अस्पताल महाराजगञ्जबाट आएका फरेन्सिक विशेषज्ञ डा गोपाल चौधरी र डा समारिका दाहालले शवको परीक्षण सुरु गरेका हुन् ।

दुर्घटनामा निधन भएकाको पहिचान तथा पोस्टमार्टमका लागि पोखरा र काठमाडौँका विज्ञ चिकित्सकसहितको टिम बनाइएको छ ।

पोखरामा आफन्त भएका नागरिकको शवलाई पोखरा स्वास्थ्य प्रतिष्ठानमा पोष्टमार्टम गर्ने र अन्य चालक दलका सदस्य विदेशी यात्रु र नचिनिने अवस्थामा भएका शवलाई काठमाडौँ पठाइने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार दुर्घटनामा अहिलेसम्म २६ जनाको मात्र शव पहिचान भएको छ । विमानमा सवार ७२ मध्ये हालसम्म ६८ को शव फेला परेको जनाइएको छ । चार जनाको शवको खोजी भइरहेको छ ।