२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

फरेन्सिक विज्ञले थाले पोस्टमार्टमको काम



अ+ अ-

पोखरा । काठमाडौँबाट आएका दुई फरेन्सिक विज्ञले विमान दुर्घटनामा निधन भएका शवको पहिचानका लागि काम सुरु गरेका छन् । टिचिङ अस्पताल महाराजगञ्जबाट आएका फरेन्सिक विशेषज्ञ डा गोपाल चौधरी र डा समारिका दाहालले शवको परीक्षण सुरु गरेका हुन् ।

दुर्घटनामा निधन भएकाको पहिचान तथा पोस्टमार्टमका लागि पोखरा र काठमाडौँका विज्ञ चिकित्सकसहितको टिम बनाइएको छ ।

पोखरामा आफन्त भएका नागरिकको शवलाई पोखरा स्वास्थ्य प्रतिष्ठानमा पोष्टमार्टम गर्ने र अन्य चालक दलका सदस्य विदेशी यात्रु र नचिनिने अवस्थामा भएका शवलाई काठमाडौँ पठाइने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार दुर्घटनामा अहिलेसम्म २६ जनाको मात्र शव पहिचान भएको छ । विमानमा सवार ७२ मध्ये हालसम्म ६८ को शव फेला परेको जनाइएको छ । चार जनाको शवको खोजी भइरहेको छ ।