२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनी: सभामुखमा माओवादीका घर्ती र उपसभामुखमा राप्रपाकी खाँणले उम्मेदवारी दिने



अ+ अ-

बुटवल । लुम्बिनी प्रदेशको सभामुख र उपसभामुखका लागि सत्ता गठबन्धन दलबीच सहमति भएको छ । सभामुख पदका लागि नेकपा (माओवादी केन्द्र) र उपसभामुख पदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उम्मेदवारी दिने सहमति भएको हो ।

आजै माओवादी केन्द्रका तुलाराम घर्तीले सभामुख र राप्रपाकी मेनुका खाँणले उपसभामुखमा उम्मेदवारी दिनुहुनेछ । घर्ती पाल्पा २(२) बाट र खाँण समानुपातिक प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

प्रदेशसभा सचिवालयले आज दिउँसो उम्मेदवारी दर्ता गर्ने र भोलि निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

सत्ता गठबन्धनबीच मुख्यमन्त्री नेकपा (एमाले) ले लिएको हुँदा सभामुख माओवादी केन्द्रको र उसभामुख राप्रपाको भागमा परेको हो ।

८७ सदस्यीय प्रदेशसभामा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका ४/४, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का ३/३ र दुई स्वतन्त्र प्रदेशभा सदस्यसहित कूल ५५ सदस्य सत्ता गठबन्धनमा रहेका छन् । सभामुख र उपसभामुख पदका लागि ४४ सदस्य भए बहुमत पुग्ने छ ।

प्रदेशमा नेपाली कांग्रेसका २७ तथा नेकपा (एकीकृत समाजवादी) र जनमोर्चाका १/१ सदस्य रहेका छन् ।