२३ भाद्र २०८३, मंगलवार
,
Latest
रसुवा बाढी प्रभावित क्षेत्रको सभामुख अर्यालद्वारा स्थलगत निरीक्षण सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप लिग टु: नेपालमा हुने त्रिदेशीय सिरिजको तालिका सार्वजनिक



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपालको घरेलु मैदानमा खेलिने त्रिदेशीय एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट सिरिजको खेल तालिका सार्वजनिक गरेको छ ।

क्यानले आइतबार आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको एकदिवसीय सिरिजको खेल तालिका सार्वजनिक गरेको हो ।

किर्तिपूरको टियु क्रिकेट मैदानमा आयोजना हुने सिरिजमा नेपाल, नामिबिया र स्कटल्याण्डको सहभागिता रहेको छ ।

फेब्रुअरी १४ मा हुने सिरिजको पहिलो खेलमा नेपालले नामिबियासँग खेल्नेछ । यस्तै नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग फेब्रुअरी १७ मा खेल्नेछ ।

यस्तै नेपालले नामिबियासँगको दोस्रो खेल फेब्रुअरी १८ मा खेल्नेछ भने स्कटल्याण्डसँग फेब्रुअरी २१ मा खेल्नेछ ।

विश्वकप लिग टु अन्तर्गतको सिरिजमा नेपाल २४ खेलमा १८ अंक जोडेर छैटौं स्थानमा रहेको छ । यस्तै, ३२ खेलमा ४६ अंक जोडेर स्कटल्याण्ड शीर्ष स्थानमा रहेको छ भने नामिबिया ३० खेलमा ३७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।