• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

प्रधानमन्त्री दाहाल र ओलीबीच बालकोटमा भेटवार्ता



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

दुई शीर्षनेताबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पटक-पटक छलफल भइरहेको थियो । तर, आज प्रधामन्त्री दाहाल ओलीलाई भेट्न आफै ओलीनिवास बालकोट पुग्नुभएको हो ।

प्रधानमन्त्री प्रचण्ड प्रतिनिधिसभाबाट विश्वासको मत लिएपछि दोस्रो पटक बालकोट पुग्नुभएको हो ।

प्रचण्ड आज बालकोटमै दिवा भोजपछि फर्किनुहुने बताइएको छ । दुई शीर्ष नेताबीच मन्त्रिपरिषद्लाई पूर्णता दिने, राष्ट्रपति र सभामुख निर्वाचनको बारेमा समेत छलफल हुने बुझिएको छ ।