२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत गौरवशमशेर जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता News Polar पूर्वसांसद डा. विजय पौडेलको निधन News Polar कांग्रेसको अल्पसङ्ख्यक तथा अपाङ्गता क्लस्टरको मतगणना भोलि बिहान १० बजेदेखि News Polar नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी News Polar कांग्रेसको १५औँ महाधिवेशन : युवा खुलातर्फको मतगणना साँझ ६ बजेदेखि सुरु गर्ने तयारी News Polar अमेरिकाका लागि प्रश्तावित राजदुत थापाको प्रतिवद्धताः ‘नेपालको राष्ट्रिय हित नै सर्वोपरि, कन्सुलर सेवालाई चुस्त बनाउनेछु’ News Polar एमालेमाथि घेराबन्दी कायमै रहेको ओलीको दाबी, एकजुट भएर प्रतिवाद गर्न निर्देशन News Polar मानसिक स्वास्थ्यसम्बन्धी ऐन निर्माणको तयारीमा सरकार

देवेन्द्रकी स्वास्नी (पोडकास्ट)

देवेन्द्रकी स्वास्नी (पोडकास्ट)
अ अ+ अ-

दुई चारजना अल्लारे ठिटाहरूसित पनि सङ्गत थियो देवेन्द्रको । सङ्गत यस अर्थमा थियो कि देवेन्द्र उनीहरूसँग कहिलेकाहीँ, कहिलेकाहीँ मात्र भेट्ने गर्थ्यो । देवेन्द्र अविवाहित ठिटो थियो र ती ठिटाहरूलाई पनि विवाहित भन्न त मिल्दैनथ्यो तैपनि उनीहरूका अनौपचारिक स्वास्नीहरू थुप्रै-थुप्रै भैसकेका थिए । देवेन्द्रले गाउँघरमा त्यति लेखपढ गर्ने मौका पनि पाएको थिएन ।

दिन बित्दै थिए, देवेन्द्रको बिहेको कुरा चल्यो । ती अल्लारे ठिटाहरू देवेन्द्रलाई अनेक कुराहरू भनेर जिस्काउँथे । तर देवेन्द्र उनीहरूको अधिकांश कुराहरू बुझ्दैनथ्यो र केही बुझ्थ्यो खिस्स हाँस्थ्यो ।

देवेन्द्रको विवाह पनि निकै नजिक आइसकेको थियो । … अल्लारे ठिटाहरूले कुरा मिलाए, देवेन्द्रलाई उसको विवाहको एकदिन अगाडि एउटा कुरा देखाउने भनेर । नभन्दै गाउँबाट दुई घण्टा सानो सहर बस्तीमा त्यसको लागि कुरा मिलाइयो ।

. र देवेन्द्रलाई हाट्हुट्‌ गरेर विवाहको अघिल्लो दिन ती ठिटाहरूले गाउँ बाहिर भगाएर लगे । देवेन्द्र बिचरो सोझो थियो । उसले ती मशहुर अल्लारे ठिटाहरूले बनाएको कार्यक्रमलाई डरैले पनि नकार्न सकेन । केही दिनपछि ऊ पनि एउटी तरुनी स्वास्नी लिएर गाउँघरमा हिँड्ने भएको थियो – उसलाई लाग्यो यस्ता अल्लारे ठिटाहरूको केही भर हुँदैन, रिसको झोकमा भोलि केही गर्न पनि सक्दछन्‌ । त्यसैले उनीहरूको कुरा मान्नु नै ठीक लाग्यो उसलाई ।

देवेन्द्रलाई एउटा घरभित्र छिराइयो … । पूरा दुई घण्टासम्म देवेन्द्रलाई बीचमा राखेर उनीहरूले एउटा भिडियो चलचित्र हेरे – अश्लीलताले पराकाष्ठा छोएको त्यो चलचित्र हेरेर देवेन्द्रले सुरुको दश-पन्ध मिनेट त आफ्नै आँखालाई पनि विश्वास गरेन । ती अल्लारे ठिटाहरू भने देवेन्द्रको मुखाकृतिलाई हेरेर खूब रमाई-रमाई हाँसिरहेका थिए । तर धेरै बेर लागेन – देवेन्द्रलाई पनि त्यो चलचित्रले तान्न । अब त चलचित्रभित्रका दृश्यहरू हेरेर बेलाबेलामा दर्शकको झुन्डबाट आउने हाँसो र अनेक प्रकारका आवाजहरूमा देवेन्द्रको हाँसो पनि थपिन थालिसकेको थियो ।

आज देवेन्द्रले दुलही भित्र्यायो । तर उसको मस्तिष्कलाई हिजोको चलचित्रका अनेक रोमाञ्चक दृश्यहरूले नै हुँडलिरहेकै थिए । रात निकै छिप्पिसकेको थियो । अब उसले सोच्यो घरमा सबै सुतिसके … । उसले आफ्नी स्वास्नीलाई हिजोको चलचित्रकी सुन्दरी ठिटिभैँ देख्यो र अनेक प्रयत्नद्वारा त्यस्तै आकृतिमा बदल्न खोज्यो । तर स्वास्नीले उसको शरीरलाई धकेल्दै पर हुत्याइदिई ।

“म रण्डी त होइन नि यस्तो गर्न, लोग्ने-स्वास्नीको झैँ व्यवहार गर्नुस्‌ न … कि चाहिँ यस्तै गर्न मन छ भने बाहिर जानुस्‌ रण्डी खोज्न … म मेरो गहना दिउँला … ।” देवेन्रकी स्वास्नी अझ बरबराउँदै थिई । तर देवेन्द्र छक्क पर्यो, केही बोल्न सकेन । चुपचाप भित्तातिर कोल्टे फर्केर सुत्यो ।

पाँच वर्ष बित्यो देवेन्द्रको एउटा पनि सन्तान भएको थिएन । तैपनि देवेन्द्र हँसमुख नै देखिन्थ्यो । ऊ गाउँबाहिर बराबर जान्थ्यो र घण्टौँ गायब हुन्थ्यो । देवेन्द्रकी स्वास्नीको अनुहारमा तेज थिएन । सन्तानको लागि देवताको भाकलदेखि डाक्टरको सल्लाह लिने कामसम्म उसले गरिसकेकी थिई । तर फल पाएकी भने थिइन ।

देवेन्द्रकी स्वास्नीले पाँच वर्ष अगाडिदेखिको कुरा सोची । पाँच-पाँच वर्षको लामो अवधिमा उसले आफ्नो लोग्नेलाई आफूप्रति एकचोटि पनि आकृष्ट गर्ने कोसिस गरेकी थिइन र सायद गर्न सकेकी पनि थिइन र फेरि देवेन्द्रले विवाहको पहिलो रातमा झैँ जोसिलो भएर स्वास्नीलाई कहिले माया गर्न खोजेको पनि थिएन । उसलाई त के थियो र, गाउँ बाहिर

जान्थ्यो – भोक मेटाएर आउँथ्यो ।

धेरै दिनपछि आज देवेन्द्रकी स्वास्नीले एउटा कुरा सोची … र आफ्नो लोग्नेले पलङ्को डस्तामुनि राखेको अश्लील फोटोहरूको खातलाई ओल्टाई-पल्टाई हेरी … ।

साँझ पर्यो र केही घण्टापछि रात । देवेन्द्र पलङ्मा मात्र के पल्टेको थियो उसकी स्वास्नीले कोठाको ढोका लगाई । अनि तत्क्षणमै शरीरलाई बिभिन्न हाउभाउद्वारा विभिन्न आकृतियुक्त बनाएर उसले आफ्नो अङ्गहरू प्रदर्शन गर्न लागी । देवेन्द्र एकैछिन त आश्चर्यमा पर्यो। तर आफ्नी स्वास्नीलाई तानेर आफूसँगै राख्यो । पाँच-पाँच वर्षको लामो अवधिमा देवेन्द्रलार्इ आज मात्र आफ्नी स्वास्नी साँच्चिकै स्वास्नीझैँ लागेको थियो । … र सायद देवेन्द्रकी स्वास्नीलाई पनि देवेन्द्र आज साँच्चिकै आफ्नो लोग्नेजस्तो लागेको थियो ।

कथा यत्ति नै थियो ।

र

मैले यो कथा सुनेको एक वर्षपछि देवेन्द्रकी स्वास्नीले छोरो जन्माएकी छ भन्ने कुरा थाहा पाएँ ।