६ श्रावण २०८३, बुधबार
,
Latest
काँग्रेस र प्रजातन्त्रवादीहरूलाई गगन थापासँग सती जान नदिउँ, नयाँ पार्टी निर्माण गरौँः मोहन बस्नेत गणेश नेपाली मृत्यु प्रकरण छानबिन गर्न पूर्वन्यायाधीश बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन मन्त्रिपरिषद्को बैठक: यस्ता छन् निर्णयहरु प्रधानमन्त्री भेटेपछि हस्तकला महासंघका अध्यक्ष भन्छन्, ‘हस्तकला विकास बोर्ड गठनको अवधारणा अघि बढ्यो’ जुम्लामा उत्पादन भएको स्याउको अधिक माग नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस औषधि लिमिटेड पुगेर मन्त्री गौरिकुमारी यादवको अनुगमन, सवारीसाधन र कर्मचारी अभाव तत्काल समाधान गर्न निर्देशन होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीलाई गृहजिल्ला फर्किन सरकारको आग्रह राष्ट्रिय स्वाधीनताको रक्षाका लागि परिवर्तन पक्षधर शक्तिबीच सहकार्य आवश्यक छ : संयोजक दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालद्वारा घरेलु टोली ओमान पराजित, ओमानको टोली ७८ रनमै समेटियो



अ+ अ-

काठमाडौंः आइसिसी टी–२० विश्वकप क्रिकेट छनौट अन्तर्गत ओमान विरुद्धको पहिलो खेलमा नेपालले ओमानलाई ३९ रनले पराजित गरेको छ ।नेपालको कसिलो बलिङसामु ओमानको पूरै टिम ७८ रनमै धरासायी भएको थियो ।  

इएसपिएनका अनुसार, ओमानको अल अमिरात खेल मैदानमा टस जितेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ११७ रन बनाएको थियो ।

नेपालका लागि आरिफ सेखले ३८, लोकेश बमले १६, कप्तान सन्दिप लामिछानेले १६ तथा ज्ञानेन्द्र मल्लले १५ रन बनाएका थिए । अन्य खेलाडीहरु कुशल भुर्तेलले ५, आसिफ सेखले ४, दिपेन्द्र सिंह ऐरीले ११, बिबेक यादवले ७, कमल ऐरीले १ रन बनाएर आउट भएका थिए ।

नेपालले स्कोरबोर्डमा ६ रन हुँदा आसिफ सेखलाई गुमाएको थियो भने १२ रनमा कुशल भुर्तेल, ३३ रन हुँदा ज्ञानेन्द्र मल्ल, ४० रन हुँदा दिपेन्द्र सिंह ऐरीलाई गुमाएर शुरु देखि नै नेपाली टिम दबाबमा परेको थियो ।

ओमानका लागि खबार अलिले ३ र बिलाल खानले २ विकेट लिएका थिए ।

जितका लागि ११८ रन पछ्याएको ओमानले पनि लगातार अन्तरालमा विकेट गुमाएको थियो । स्कोरबोर्डमा ३५ रन हुँदा ओमानले ६ विकेट गुमाइसकेको थियो, र पूरै टिम १७ ओभरमा ७८ रन मात्र बनाएको थियो ।

नेपाली बलर जितेन्द्र मुखिया र अविनाश बोहराले एकएक, दिपेन्द्र सिंह ऐरी र कप्तान सन्दीप लामिछानेले दुईदुई तथा कमल ऐरीले तीन विकेट लिएका थिए । एक विकेट रन आउटका रुपमा प्राप्त भएको थियो ।

समूह बी मा नेपाल सहित क्यानडा, ओमान, फिलिपिन्स रहेका छन् । आजै क्यानडा र फिलिपिन्सबीच खेल भइरहेको छ । यस खेलमा क्यानडाले पहिले ब्याटिङ गरेर २० ओभरमा १ विकेट गुमाएर २१६ रनको विशाल स्कोर खडा गरेको छ जसमा म्याथ्यू स्पूर्सले ६६ बलमै अविजित १०८ रन बनाएका थिए ।

समूह ए मा भने युनाइटेड अरब इमिरेट्स, आयरल्यान्ड, जर्मनी र बहराइन रहेका छन् ।