२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आज यस्तो छ विदेशी मुद्राकाे विनिमय दर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

नेपालद्वारा घरेलु टोली ओमान पराजित, ओमानको टोली ७८ रनमै समेटियो

नेपालद्वारा घरेलु टोली ओमान पराजित, ओमानको टोली ७८ रनमै समेटियो
अ अ+ अ-

काठमाडौंः आइसिसी टी–२० विश्वकप क्रिकेट छनौट अन्तर्गत ओमान विरुद्धको पहिलो खेलमा नेपालले ओमानलाई ३९ रनले पराजित गरेको छ ।नेपालको कसिलो बलिङसामु ओमानको पूरै टिम ७८ रनमै धरासायी भएको थियो ।  

इएसपिएनका अनुसार, ओमानको अल अमिरात खेल मैदानमा टस जितेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ११७ रन बनाएको थियो ।

नेपालका लागि आरिफ सेखले ३८, लोकेश बमले १६, कप्तान सन्दिप लामिछानेले १६ तथा ज्ञानेन्द्र मल्लले १५ रन बनाएका थिए । अन्य खेलाडीहरु कुशल भुर्तेलले ५, आसिफ सेखले ४, दिपेन्द्र सिंह ऐरीले ११, बिबेक यादवले ७, कमल ऐरीले १ रन बनाएर आउट भएका थिए ।

नेपालले स्कोरबोर्डमा ६ रन हुँदा आसिफ सेखलाई गुमाएको थियो भने १२ रनमा कुशल भुर्तेल, ३३ रन हुँदा ज्ञानेन्द्र मल्ल, ४० रन हुँदा दिपेन्द्र सिंह ऐरीलाई गुमाएर शुरु देखि नै नेपाली टिम दबाबमा परेको थियो ।

ओमानका लागि खबार अलिले ३ र बिलाल खानले २ विकेट लिएका थिए ।

जितका लागि ११८ रन पछ्याएको ओमानले पनि लगातार अन्तरालमा विकेट गुमाएको थियो । स्कोरबोर्डमा ३५ रन हुँदा ओमानले ६ विकेट गुमाइसकेको थियो, र पूरै टिम १७ ओभरमा ७८ रन मात्र बनाएको थियो ।

नेपाली बलर जितेन्द्र मुखिया र अविनाश बोहराले एकएक, दिपेन्द्र सिंह ऐरी र कप्तान सन्दीप लामिछानेले दुईदुई तथा कमल ऐरीले तीन विकेट लिएका थिए । एक विकेट रन आउटका रुपमा प्राप्त भएको थियो ।

समूह बी मा नेपाल सहित क्यानडा, ओमान, फिलिपिन्स रहेका छन् । आजै क्यानडा र फिलिपिन्सबीच खेल भइरहेको छ । यस खेलमा क्यानडाले पहिले ब्याटिङ गरेर २० ओभरमा १ विकेट गुमाएर २१६ रनको विशाल स्कोर खडा गरेको छ जसमा म्याथ्यू स्पूर्सले ६६ बलमै अविजित १०८ रन बनाएका थिए ।

समूह ए मा भने युनाइटेड अरब इमिरेट्स, आयरल्यान्ड, जर्मनी र बहराइन रहेका छन् ।