२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत गौरवशमशेर जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता News Polar पूर्वसांसद डा. विजय पौडेलको निधन News Polar कांग्रेसको अल्पसङ्ख्यक तथा अपाङ्गता क्लस्टरको मतगणना भोलि बिहान १० बजेदेखि News Polar नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी News Polar कांग्रेसको १५औँ महाधिवेशन : युवा खुलातर्फको मतगणना साँझ ६ बजेदेखि सुरु गर्ने तयारी News Polar अमेरिकाका लागि प्रश्तावित राजदुत थापाको प्रतिवद्धताः ‘नेपालको राष्ट्रिय हित नै सर्वोपरि, कन्सुलर सेवालाई चुस्त बनाउनेछु’ News Polar एमालेमाथि घेराबन्दी कायमै रहेको ओलीको दाबी, एकजुट भएर प्रतिवाद गर्न निर्देशन News Polar मानसिक स्वास्थ्यसम्बन्धी ऐन निर्माणको तयारीमा सरकार

राष्ट्रिय एकताको शक्तिशाली सन्देश दिने थलो प्रतिनिधि सभाः सभामुख (भिडियोसहित)

राष्ट्रिय एकताको शक्तिशाली सन्देश दिने थलो प्रतिनिधि सभाः सभामुख (भिडियोसहित)
अ अ+ अ-

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले वृहत्तर राष्ट्रिय एकताको खाँचो रहेको बताउनुभएको छ । 

आइतबारदेखि शुरु हुने संघीय संसदको अधिवेशनको तयारीको सम्बन्धमा संघीय संसद भवन नयाँ बानेश्वरमा निरिक्षणका लागि पुग्नुभएका सभामुख सापकोटाले सञ्चारकर्मीहरुसँग कुरा गर्दै राजनीतिक दलहरुबीचमा बृहत्तर राष्ट्रिय एकता आवश्यक रहेको बताउनुभएको हो । उहाँले नेपालीको आत्मनिर्णयको अधिकार प्रयोग गरेर अगाडी बढ्न तथा संविधान जारी भएसँगै जनताले राखेका आशालाई विश्वासमा परिणत गर्नका लागि बृहत राष्ट्रिय एकताको खाँचो रहेको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो – ‘अहिले समग्र स्थितिलाई हेर्दाखेरी, समग्र राष्ट्रिय परिस्थितिलाई बिचार गर्दाखेरी फेरीपनि बृहत्तर राष्ट्रिय एकताको खाँचो छ । किनभने हामीले आफ्नो आत्मनिर्णयको अधिकार प्रयोग गर्दै अगाडी बढ्नको लागि अनि त्यसपछि जनताले जुन आशा गरेका थिए संविधान जारी भइसकेपछि ति सबै जनताको आशालाई विश्वासमा परिणत गर्नका लागि र हरेक हिसाबले बृहत राष्ट्रिय एकताको खाँचो छ । त्यो बृहत राष्ट्रिय एकता कायम गर्नका लागि मुख्यत्ः पार्टीहरुको भुमिका हुन्छ ।’

उहाँले वृहत राष्ट्रिय एकताको शक्तिशाली शन्देश दिने थलो प्रतिनिधि सभा भएको र प्रतिनिधि सभाबाट राष्ट्रिय एकताको शन्देश दिनुपर्ने पनि बताउनुभयो । उहाँले भन्नुभयो – ‘बृहत राष्ट्रिय एकताको शक्तिशाली सन्देश दिने थलो चाहीँ प्रतिनिधि सभा हो । यहाँबाट त्यो सन्देश दिनुपर्छ भन्ने मेरो मत छ ।’  
सभामुख सापकोटाले राष्ट्रिय एकता कायम गर्न आफुले इमान्दारीतापूर्वक र निष्ठाका साथ समन्वय गर्ने पनि बताउनुभयो । उहाँले संसद बैठक व्यवस्थित ढंगले गर्ने पनि बताउनुभयो ।