२६ आश्विन २०८१, शनिबार
,
Latest
दसैँ घुमफिरः पर्यटक लोभ्याउने यी मोहिनी गाउँ दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु… दसैँले आपसी सहयोग, मेलमिलाप र समुदायबीच एकताको भावना जागृत गर्न मद्दत पुग्नेछः सभामुख घिमिरे दसैँले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा टीकाको अघिल्लो दिन जब छोराको शव आयो… मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय एकताको शक्तिशाली सन्देश दिने थलो प्रतिनिधि सभाः सभामुख (भिडियोसहित)



अ+ अ-

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले वृहत्तर राष्ट्रिय एकताको खाँचो रहेको बताउनुभएको छ । 

आइतबारदेखि शुरु हुने संघीय संसदको अधिवेशनको तयारीको सम्बन्धमा संघीय संसद भवन नयाँ बानेश्वरमा निरिक्षणका लागि पुग्नुभएका सभामुख सापकोटाले सञ्चारकर्मीहरुसँग कुरा गर्दै राजनीतिक दलहरुबीचमा बृहत्तर राष्ट्रिय एकता आवश्यक रहेको बताउनुभएको हो । उहाँले नेपालीको आत्मनिर्णयको अधिकार प्रयोग गरेर अगाडी बढ्न तथा संविधान जारी भएसँगै जनताले राखेका आशालाई विश्वासमा परिणत गर्नका लागि बृहत राष्ट्रिय एकताको खाँचो रहेको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो – ‘अहिले समग्र स्थितिलाई हेर्दाखेरी, समग्र राष्ट्रिय परिस्थितिलाई बिचार गर्दाखेरी फेरीपनि बृहत्तर राष्ट्रिय एकताको खाँचो छ । किनभने हामीले आफ्नो आत्मनिर्णयको अधिकार प्रयोग गर्दै अगाडी बढ्नको लागि अनि त्यसपछि जनताले जुन आशा गरेका थिए संविधान जारी भइसकेपछि ति सबै जनताको आशालाई विश्वासमा परिणत गर्नका लागि र हरेक हिसाबले बृहत राष्ट्रिय एकताको खाँचो छ । त्यो बृहत राष्ट्रिय एकता कायम गर्नका लागि मुख्यत्ः पार्टीहरुको भुमिका हुन्छ ।’

उहाँले वृहत राष्ट्रिय एकताको शक्तिशाली शन्देश दिने थलो प्रतिनिधि सभा भएको र प्रतिनिधि सभाबाट राष्ट्रिय एकताको शन्देश दिनुपर्ने पनि बताउनुभयो । उहाँले भन्नुभयो – ‘बृहत राष्ट्रिय एकताको शक्तिशाली सन्देश दिने थलो चाहीँ प्रतिनिधि सभा हो । यहाँबाट त्यो सन्देश दिनुपर्छ भन्ने मेरो मत छ ।’  
सभामुख सापकोटाले राष्ट्रिय एकता कायम गर्न आफुले इमान्दारीतापूर्वक र निष्ठाका साथ समन्वय गर्ने पनि बताउनुभयो । उहाँले संसद बैठक व्यवस्थित ढंगले गर्ने पनि बताउनुभयो ।