२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत गौरवशमशेर जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता News Polar पूर्वसांसद डा. विजय पौडेलको निधन News Polar कांग्रेसको अल्पसङ्ख्यक तथा अपाङ्गता क्लस्टरको मतगणना भोलि बिहान १० बजेदेखि News Polar नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी News Polar कांग्रेसको १५औँ महाधिवेशन : युवा खुलातर्फको मतगणना साँझ ६ बजेदेखि सुरु गर्ने तयारी News Polar अमेरिकाका लागि प्रश्तावित राजदुत थापाको प्रतिवद्धताः ‘नेपालको राष्ट्रिय हित नै सर्वोपरि, कन्सुलर सेवालाई चुस्त बनाउनेछु’ News Polar एमालेमाथि घेराबन्दी कायमै रहेको ओलीको दाबी, एकजुट भएर प्रतिवाद गर्न निर्देशन News Polar मानसिक स्वास्थ्यसम्बन्धी ऐन निर्माणको तयारीमा सरकार

माल्दिभ्सका ५० प्रतिशतले पाए कोरोनाको खोप

माल्दिभ्सका ५० प्रतिशतले पाए कोरोनाको खोप
अ अ+ अ-

एजेन्सी । माल्दिभ्सका कोरोनाभाइरस विरुद्धको खोप लगाउने मिल्ने मध्ये ५० प्रतिशतले खोप लगाएका छन् ।   

सरकारी स्वास्थ्य सेवा केन्द्रका प्रवक्ता डा फथिमाथ नाज्ला राफेकले खोप लगाउन योग्य देशको कूल जनसङ्ख्याको आधा जनसङ्ख्या खोपयुक्त भएको जानकारी दिनुभयो । माल्दिभ्समा १८ वर्षभन्दा बढी उमेरका मानिसलाई खोप लगाउन मिल्ने मापदण्ड तय गरिएको अधिकारीहरुले बताएका छन् ।

माल्दिभ्समा गत फेब्रुअरी १ देखि नै कोरोनाभाइरस विरुद्धको खोप लगाउने अभियान शुरू गरिएको हो । अभियानअन्तर्गत माल्दिभ्सका नागरिक, माल्दिभ्सका बासिन्दा, कागजपत्र नभएका कामदार लगायतलाई खोप लगाउने गरिएको छ । माल्दिभ्सको खाद्य तथा औषधि कार्यालयले कोभिसिल्ड, सिनोफार्म, फाइजर, स्पुतनीक भी, मोडर्ना र जोन्सन एण्ड जोन्सन खोप लगाउन अनुमति दिएको छ । 

स्वास्थ्य प्रवद्र्धन निकायले दिएको जानकारीअनुसार माल्दिभ्समा अहिलेसम्म तीन लाख २० हजार ५९ जनालाई कोरोनाभाइरस विरुद्धको पहिलो खोप लगाइएको हो । त्यसैगरी दुई लाख ५१ हजार २३२ जनालाई दुवै खोप लगाइ सकिएको पनि सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।  

विश्व बैंकले सन् २०१९ मा सार्वजनिक गरेको विवरणअनुसार माल्दिभ्सको कूल जनसङ्ख्या पाँच लाख ३० हजार ९५३ रहेको छ ।