२६ आश्विन २०८१, शनिबार
,
Latest
मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउनुहोस्ः प्रधानमन्त्री राष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने तीन प्रदेशमा वर्षाको सम्भावना हर्षोल्लासका साथ विजया दशमी मनाइँदै: कति बजे छ साइत, कता फर्किएर टीका थाप्ने ? चचहै, चचहै (तस्विरहरू)
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्याक्टर र टेम्पो ठोकिँदा दुईको मृत्यु



अ+ अ-

दमक । झापाको भद्रपुरमा भएको सवारी दुर्घटनामा परी आज दुई जनाले ज्यान गुमाएका छन् । भद्रपुरबाट बनियानीतर्फ गइरहेको मे१त २८२१ नम्बरको ट्याक्टर र दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे१ह ६४१ नम्बरको टेम्पो  ठोकिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो ।

दुर्घटनामा परी भद्रपुर नगरपालिका–१ हिमाली चोक निवासी ३८ वर्षीया छविमाया लिम्बू र करीब ४० वर्षीय डम्बरबहादुर लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ । छविमायाको घटनास्थलमा र डम्बरबहादुरको उपचारका क्रममा ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।