२६ आश्विन २०८१, शनिबार
,
Latest
मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउनुहोस्ः प्रधानमन्त्री राष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने तीन प्रदेशमा वर्षाको सम्भावना हर्षोल्लासका साथ विजया दशमी मनाइँदै: कति बजे छ साइत, कता फर्किएर टीका थाप्ने ? चचहै, चचहै (तस्विरहरू)
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको बालुवाटारमा ४ घन्टा बैठक : यस्तो भयो छलफल



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठकमा कांग्रेसको १४ औ महाधिवेशन समयमै सम्पन्न गराउने सम्बन्धमा छलफल गरेको छ । 

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठकमा पार्टीको निर्वाचन समितिले तयार गरेको निर्देशिकाको विषय, केन्द्रीय क्रियाशिल सदस्यता छानविन समितिले सदस्यताको सम्बन्धमा गरेको प्रगतिको विषय र समायोजन समितिले हालसम्म गरेका निर्णय र तिनको कार्यान्वयनको सम्बन्धमा छलफल गरिएको नेता रमेश लेखकले जानकारी दिनुभयो । उहाँले भन्नुभयो – ‘केन्द्रीय क्रियाशिल छानविन समितिमा हामीले अब हाम्रो कामलाई अन्तिम चरणमा प्रवेश गरिसकेका छौँ । हाम्रो काम अलमोष्ट सकिएको अवस्था छ । र हामीले आज सभापतिजीसँग प्रतिवेदन बुझाउनका लागि समय पनि माग गरेका छौँ । आदरणीय सभापतिजी, प्रधानमन्त्रीजीको कार्यव्यस्तताको कारणले भोली पर्सि जुनदिन उहाँलाई फुर्सद हुन्छ हामी प्रतिवेन बुझाउछौँ भनेर भनेका छौँ । र क्रियाशिल सदस्यता सम्बन्धी काम टुंगोमै पुग्ने स्थिति भएको छ भने निर्वाचन सँग सम्बन्धित कामपनि अगाडी बढेको छ । निर्देशिका मस्यौदा भएको छ । आज त्यो निर्देशिका प्रस्तुत भएको छ । त्यो निर्देशिकालाई पनि अब अन्तिम रुप दिनका लागि पार्टीको सहमहामन्त्री डा. प्रकाशशरण महत र केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले निर्वाचन समितिका साथीहरुसँग बसेर निर्देशिकालाई अन्तिम रुप दिने भन्ने कुरापनि भएको छ भने त्यसरी नै समायोजन समितिको पनि अहिले सम्मका निर्णयहरु र आगामी दिनमा कसरी कार्यान्वयनमा जाने भन्ने विषयमा केन्द्रीत भएर छलफल भएको छ ।’

उहाँले कांग्रेसको क्रियाशिल सदस्यताको विषय टुंगिइसकेको बताउनुभयो । विदेशमा समेत गरेर कांग्रेसको क्रियाशिल सदस्य ९ लाखको हाराहारीमा रहेको उहाँले बताउनुभयो ।