२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत गौरवशमशेर जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता News Polar पूर्वसांसद डा. विजय पौडेलको निधन News Polar कांग्रेसको अल्पसङ्ख्यक तथा अपाङ्गता क्लस्टरको मतगणना भोलि बिहान १० बजेदेखि News Polar नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी News Polar कांग्रेसको १५औँ महाधिवेशन : युवा खुलातर्फको मतगणना साँझ ६ बजेदेखि सुरु गर्ने तयारी News Polar अमेरिकाका लागि प्रश्तावित राजदुत थापाको प्रतिवद्धताः ‘नेपालको राष्ट्रिय हित नै सर्वोपरि, कन्सुलर सेवालाई चुस्त बनाउनेछु’ News Polar एमालेमाथि घेराबन्दी कायमै रहेको ओलीको दाबी, एकजुट भएर प्रतिवाद गर्न निर्देशन News Polar मानसिक स्वास्थ्यसम्बन्धी ऐन निर्माणको तयारीमा सरकार

कांग्रेसको बालुवाटारमा ४ घन्टा बैठक : यस्तो भयो छलफल

कांग्रेसको बालुवाटारमा ४ घन्टा बैठक : यस्तो भयो छलफल
अ अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठकमा कांग्रेसको १४ औ महाधिवेशन समयमै सम्पन्न गराउने सम्बन्धमा छलफल गरेको छ । 

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठकमा पार्टीको निर्वाचन समितिले तयार गरेको निर्देशिकाको विषय, केन्द्रीय क्रियाशिल सदस्यता छानविन समितिले सदस्यताको सम्बन्धमा गरेको प्रगतिको विषय र समायोजन समितिले हालसम्म गरेका निर्णय र तिनको कार्यान्वयनको सम्बन्धमा छलफल गरिएको नेता रमेश लेखकले जानकारी दिनुभयो । उहाँले भन्नुभयो – ‘केन्द्रीय क्रियाशिल छानविन समितिमा हामीले अब हाम्रो कामलाई अन्तिम चरणमा प्रवेश गरिसकेका छौँ । हाम्रो काम अलमोष्ट सकिएको अवस्था छ । र हामीले आज सभापतिजीसँग प्रतिवेदन बुझाउनका लागि समय पनि माग गरेका छौँ । आदरणीय सभापतिजी, प्रधानमन्त्रीजीको कार्यव्यस्तताको कारणले भोली पर्सि जुनदिन उहाँलाई फुर्सद हुन्छ हामी प्रतिवेन बुझाउछौँ भनेर भनेका छौँ । र क्रियाशिल सदस्यता सम्बन्धी काम टुंगोमै पुग्ने स्थिति भएको छ भने निर्वाचन सँग सम्बन्धित कामपनि अगाडी बढेको छ । निर्देशिका मस्यौदा भएको छ । आज त्यो निर्देशिका प्रस्तुत भएको छ । त्यो निर्देशिकालाई पनि अब अन्तिम रुप दिनका लागि पार्टीको सहमहामन्त्री डा. प्रकाशशरण महत र केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले निर्वाचन समितिका साथीहरुसँग बसेर निर्देशिकालाई अन्तिम रुप दिने भन्ने कुरापनि भएको छ भने त्यसरी नै समायोजन समितिको पनि अहिले सम्मका निर्णयहरु र आगामी दिनमा कसरी कार्यान्वयनमा जाने भन्ने विषयमा केन्द्रीत भएर छलफल भएको छ ।’

उहाँले कांग्रेसको क्रियाशिल सदस्यताको विषय टुंगिइसकेको बताउनुभयो । विदेशमा समेत गरेर कांग्रेसको क्रियाशिल सदस्य ९ लाखको हाराहारीमा रहेको उहाँले बताउनुभयो ।