२० असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेता नेपाल समूहलाई बाँस्कोटाले दिए काउन्टर, अब के गर्छन् नेपाल ?



अ+ अ-

काठमाडौं । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई नेता गोकुल बाँस्कोटाले काउन्टर दिएका छन् । शुक्रबार साँझ सामाजिक सञ्जाल फेसबुकमा लेख्दै बाँस्कोटाले अदालतका फैसला र कोही चोइटिएर जाँदैमा एमाले नसक्किने दाबी गरेका हुन् । 

बाँसकोटाले सर्वोच्च अदालतप्रति व्यंग्य गर्दै लेखेका छन् ‘फैसलाले एमाले सक्किने भए ०५२ मै सक्या हुन्थ्यो।’ उनले ‘दस बुँदे मनुमोदन हुँदा पनि कोही आउँदैनन् भने नआउन्’ भनेका छन्। 

नेपाल समूह अलग गएर पार्टी चलाउन नसक्ने र मूल पार्टीमै फर्कनुपर्ने उनको दाबी छ। 

उनले विगतमा शेरबहादुर देउवा र वामदेव गौतमले पार्टी फुटाएर पुनः मूल पार्टीमै फर्किएको उदाहरण पनि दिएका छन्।