२० असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपाको महन्थ पक्ष फेरि ओलीसँगै, सरकारलाई विश्वासको मत नदिने



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुबीच आगामी रणनितीबारे छलफल भएको छ । 

ओलीनिवास बालकोटमा जसपा अध्यक्ष महन्थ ठाकुर,राजेन्द्र महतो, शरदसिंह भण्डारी र अनिल झा ओलीलाई भेट्न पुगेका हुन् ।

जसपाको आधिकारिकता विवाद निर्वाचन आयोगमा विचाराधीन छ । ओलीसँग केही समयमात्र सत्ता सहकार्य गरेको जसपाको महन्थ पक्षले पनि शेरबहादुर देउवा सरकारलाई विश्वासको मत नदिने भएको छ ।

यता एमालेको माधव नेपाल पक्ष र जसपाको उपेन्द्र यादव पक्षले भने देउवालाई साथ दिएका छन् ।