२६ आश्विन २०८१, शनिबार
,
Latest
मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउनुहोस्ः प्रधानमन्त्री राष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने तीन प्रदेशमा वर्षाको सम्भावना हर्षोल्लासका साथ विजया दशमी मनाइँदै: कति बजे छ साइत, कता फर्किएर टीका थाप्ने ? चचहै, चचहै (तस्विरहरू)
तपाईं के खोज्दै हुनुहुन्छ ?

मस्तिष्कघात भई उपचाररत प्रमुख जिसीको शल्यक्रिया हुँदै



अ+ अ-

काठमाडौं । उच्च रक्तचापका कारण मस्तिष्कघात भई बिरामी हुनुभएका पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीको काठमाडौँस्थित न्यूरो अस्पतालमा यतिखेर शल्यक्रिया भइरहेको छ । 

मस्तिष्कघात भई उपचारका लागि शुक्रबार काठमाडौँ लगिएका ६० वर्षीय जिसीलाई दाहिने आँखा र अनुहारको अगाडिको भागमा समस्या देखिएका कारण शल्यक्रिया गर्न लागिएको पोखरा– १३ का वडाध्यक्ष दर्शन लामाले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सदस्यसमेत रहनुभएका जिसीको अस्पतालका न्यूरोसर्जन डा सुरज थुलुङ र डा शेखर श्रेष्ठसहितको टोलीद्वारा शल्यक्रिया भइरहेको छ ।

शुक्रबार बिहान करीब ४ः०० बजेको समयमा शरीरमा असहज महसुस भएपछि तत्काल पोखराको महेन्द्रस्थित मेडिप्लस अस्पतालमा उपचारका लागि लगिएको र त्यहाँ प्रारम्भिक उपचार गरी मणिपाल शिक्षण अस्पताल पुर्याइएको  थियो ।

मणिपाल शिक्षण अस्पतालमा उपचारमा संलग्न चिकित्सकका अनुसार उच्च रक्तचापले मस्तिष्कघात भई त्यसको असरले उहाँको शरीरको देब्रेतर्फ समस्या देखिएको थियो । उच्च रक्तचापका कारण मस्तिष्कघात भई बिरामी हुनुभएका प्रमुख जिसीलाई थप उपचारका लागि शुक्रबार हेलिकप्टरमामार्फत काठमाडौँ लगिएको हो । 

महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपाली, नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीलगायतका विभिन्न सङ्घसंस्थाले विज्ञप्तिमार्फत महानगर प्रमुख जिसीको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।