१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकी प्रदेश सभाको सभामुखमा माओवादीका धिताल निर्वाचित



अ+ अ-

पोखरा । गण्डकी प्रदेशसभाको सभामुख पदमा माओवादी केन्द्रका कृष्ण धिताल निर्वाचित भएका छन् । शनिबार ५८ सांसद सहभागी भएको मतदानमा कांग्रेसकी सरस्वती अर्याल तिवारीलाई उनले पराजित गरेका हुन् । धितालले ३२ मत ल्याउँदा तिवारीले २६ मत मात्रै ल्याइन् ।

एमालेका २२, माओवादीका ८, राप्रपाका २ र स्वतन्त्र सांसद दीपक मनाङेले धितालको पक्षमा मतदान गरेका थिए ।

उनी गोरखाको भिमसेन गाउँपालिका १ (२) बाट निर्वाचित सांसद हुन् भने उनी नेकपा(माओवादी केन्द्र)को केन्द्रीय सदस्य तथा गोरखा जिल्लाको इन्चार्जसमेत हुन् । सत्ता गठबन्धनमा गण्डकी प्रदेशमा नेकपा एमाले)ले मुख्यमन्त्री र माओवादीले सभामुख पाउने गरी समझदारी भएको थियो ।

सोहीअनुसार नेकपा (एमाले)का संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएर शुक्रबार प्रदेशसभाबाट विश्वासको मत पाइसकेका छन् । गण्डकी प्रदेशसभामा ६० सदस्य छन् । प्रदेशसभामा कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका आठ, राप्रपाका दुई र एक स्वतन्त्र सदस्य रहेका छन् ।