काठमाडौ । माओवादी केन्द्रको केन्द्रीय समिति बैठक फेरि सरेको छ । फागुन ८ र ९ गते आयोजना गरिएको बैठक फागुन २० गतेसम्मका सारिएको अध्यक्ष पुष्पकमल दाहालका स्वकिय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।
उहाँले वर्तमान राजनैतिक उतारचढाव र नेतृत्वको कार्यव्यस्तताको कारण फागुन ८ र ९ गते आयोजना गरिएको पार्टी केन्द्रीय समितिको बैठक स्थगन गरि यही फागुन २० गते निर्धारण गरिएको बताउनु भयो । पार्टीको महाधिबेशन पछि पदाधिकारी चयन गर्न भन्दै पटक-पटक बैठक बोलाईएपनि सर्दै आएको छ ।