३ पुष २०८२, बिहीबार
,
Latest
मन्त्री महावीरको अनुभब: कछुवा गतिको प्रशासन संयन्त्रबाट काम हुन निकै कठिन धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता एमाले महाधिवेशनमा ३६ जनाले मतदान गरेनन् एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

जासुसीको आरोप लागेका पूर्वमन्त्री अकबरीलाई मृत्युदण्ड



अ+ अ-

एजेन्सी । इरानले आफ्नो देशको रक्षा मन्त्रालयका निम्ति कुनै समय काम गरेका एकजना पूर्वमन्त्रीलाई बेलायतका लागि जासुसी गरेको अभियोगमा मृत्युदण्ड दिइएको बताएको छ । राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय रूपमा मृत्युदण्डको विरोध भए पनि इरानले उनलाई मृत्युदण्ड दिएको हो ।

इरान र बेलायतको दोहोरो नागरिकता लिएका भूतपूर्व रक्षा उपमन्त्री अलीरेजा अकबरीलाई बेलायतको गुप्तचर संस्था एमआई–६ का निम्ति जासुसी गरेकाले हालै फाँसी दिएको शनिबार घोषणा गरेको हो ।

गत बुधबार अकबरीको परिवारलाई उनलाई भेट्न कारागारमा जान भनिएको तथा उनकी श्रीमतीले एकान्त कारागारमा आफ्ना पतिलाई सारिएको बताएकी थिइन् । अकबरीलाई तीन वर्षअघि पक्राउ गरिएको थियो । जासुसीको आरोपमा उनलाई दोषी ठहर गरिएको थियो तर सबै आरोपको उनले अस्वीकार गरेका थिए ।

बेलायतले इरानलाई मृत्युदण्ड रोक्न तथा उहाँलाई तत्काल रिहा गर्न आग्रह गरेको थियो । बेलायतका विदेशमन्त्री जेम्स क्लिभरलीले मृत्युदण्डको सजाय मानव जीवनलाई पूर्णरूपमा बेवास्ता गर्ने बर्बर शासनद्वारा राजनीतिकरूपमा प्रेरित काम भएको टिप्पणी गरेका थिए ।

अमेरिकाले पनि इरानको उक्त कदमको आलोचना गरेको छ । अकबरीमाथि लगाइएको आरोप र मृत्युदण्डको सजायलाई ‘राजनीतिकरूपमा प्रेरित’ भन्दै हिरासतमा यातना दिएर आरोप स्वीकार गर्न बाध्य पारिएका खबरले चिन्तित तुल्याएको बताएको छ ।