२० असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीले बोलाए एमाले केन्द्रीय कमिटी बैठक



अ+ अ-

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाएका छन् । अध्यक्ष ओलीले सोमबार बस्नेगरी बैठक आह्वान गरेका हुन् ।

यस्तै केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्न आइतवार विहान ११ बजे स्थायी कमिटी बैठक पनि बोलाइएको छ । 

अबको केन्द्रीय कमिटी बैठकले दश बुँदे सम्झौतालाई अनुमोदन गर्दै देउवा सरकारलाई विश्वासको मत नदिन सबै सांसदलाई निर्देशन दिने बुझिएको छ । 

यता माधव नेपालले भने देउवा सरकारलाई विश्वासको मत दिने बताइसकेका छन् ।