२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत गौरवशमशेर जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता News Polar पूर्वसांसद डा. विजय पौडेलको निधन News Polar कांग्रेसको अल्पसङ्ख्यक तथा अपाङ्गता क्लस्टरको मतगणना भोलि बिहान १० बजेदेखि News Polar नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी News Polar कांग्रेसको १५औँ महाधिवेशन : युवा खुलातर्फको मतगणना साँझ ६ बजेदेखि सुरु गर्ने तयारी News Polar अमेरिकाका लागि प्रश्तावित राजदुत थापाको प्रतिवद्धताः ‘नेपालको राष्ट्रिय हित नै सर्वोपरि, कन्सुलर सेवालाई चुस्त बनाउनेछु’ News Polar एमालेमाथि घेराबन्दी कायमै रहेको ओलीको दाबी, एकजुट भएर प्रतिवाद गर्न निर्देशन News Polar मानसिक स्वास्थ्यसम्बन्धी ऐन निर्माणको तयारीमा सरकार

एमालेमा दोस्रो तहका नेता छलफलमा, दश बुँदे सहमति कार्यान्वयनमा जोड

एमालेमा दोस्रो तहका नेता छलफलमा, दश बुँदे सहमति कार्यान्वयनमा जोड
अ अ+ अ-

काठमाडौं । नेकपा एमालेका नेताहरुले पार्टीलाई एकतावद्ध बनाउन सम्पूर्ण ध्यान केन्द्रित गर्ने प्रतिवद्धता व्यक्त गरेका छन ।.

विघटित पार्टी एकता कार्य दलका सदस्यहरुले पार्टीलाई एकतावद्ध बनाउन सम्पूर्ण ध्यान केन्द्रित गर्ने निष्कर्ष निकालिएको प्रतिक्रिया दिएका हुन । शनिबार विहान सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यालयमा बसेको बैठकले पार्टी एकताका लागि गठित कार्यदल जुटाएको १० बूँदे सहमति कार्यान्वयन गर्दै अघि बढने निर्णय गरिएको एमाले संसदीय दलका उपनेता सुवाष नेम्वाङले जानकारी दिनुभयो ।

 “पार्टी एकताका लागि अनुमोदन गरिएको १० बूँदे सहमतिलाई कार्यान्वयन गर्दै अगाडि बढदा पार्टी एकतावद्ध बनाउन सकिन्छ । नेकपा एमाले एकतावद्ध हुँदा देशको कम्युनिष्ट आन्दोलनलाई, लोकतान्त्रिक आन्दोलनलाई र संविधानलाई सवल बनाउन सकिन्छ । सोही निष्कर्षका साथ सो १० बूँदे सहमतिलाई कार्यान्वयन गर्दै अगाढि बढने निष्कर्षमा पुगेका छौं । हामी सोही रुपमा अघि बढछौं ।”

पार्टीलाई एकतावद्ध बनाउने आम पार्टी पंक्तिको चिन्ता र सरोकारलाई सम्बोधन गर्न स्थायी समितिका नेताहरुबीच अनौपचारिक छलफललाई अघि बढाइएको पार्टीका सचिव गोकर्ण विष्टले बताउनुभयो । विघटित पार्टी एकता कार्यदलका सदस्य समेत रहनु भएका उहाँले भन्नु भयो, “पार्टीका सबै नेता, कार्यकर्ताहरुको यति लामो योगदानबाट निर्मित पार्टीलाई एकतावद्ध बनाउन हामीले हाम्रा प्रयत्नहरुलाई केन्द्रित गर्नु स्वभाविकै हो । हामीले आफ्ना आफ्ना ठाउँबाट पार्टीलाई एकजुट बनाउनका लागि हाम्रा प्रयत्नहरुलाई जारी राख्नु पर्दछ । पार्टी कार्यकर्तामा देखा परेको, अन्यौलता र चिन्तालाई दूर गर्नका लागि फेरी पनि यो पार्टीलाई कुनै पनि सर्तमा जोगाउँछौं, एकतावद्ध पार्छौं भन्ने सन्देशका लागि पनि अनौपचारिक रुपमा भेटघाट गर्ने काम स्वभाविक छ ।”

शुुक्रबार बसेको एमाले स्थायी समिति बैठक र संसदीय दलको बैठकले पार्टी एकताका लागि गठित कार्य दलले तयार पारेको १० बूँदे सहमति अनुुमोदन गर्दै सृजनात्मक र रचनात्मक ढंगले त्यसलाई कार्यान्वयन गर्दै लैजाने निर्णय गरेको थियो । बैठकमा अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरु सुवाष नेम्वाङ, विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, शंकर पोखरेल र विष्णु रिमाल सहभागी हुनुुभएको थियो भने वरिष्ठ नेता माधवकुमार नेपालको पक्षबाट भिम रावल, घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, भिम आचार्य, गोकर्ण विष्ट, रघुजी पन्त सहभागी हुनु भएको थियो ।