१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल News Polar जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा

पेरुमा प्रदर्शन जारी, राष्ट्रपतिले राजीनामा नगर्ने

पेरुमा प्रदर्शन जारी, राष्ट्रपतिले राजीनामा नगर्ने
अ अ+ अ-

एजेन्सी । एक महिनाभन्दा लामो समयदेखि दक्षिण अमेरिकी देश पेरुमा जारी राजनीतिक अशान्ति साम्य हुने लक्षण नदेखिएको विश्लेषकहरूले बताएका छन् ।

पूर्वराष्ट्रपति पेड्रो कास्टिलोका समर्थक र सुरक्षा बलबीच देशका विभिन्न भागमा भएका झडपमा एक जना प्रहरीसहित ४२ जना सर्वसाधारणको मृत्यु भइसकेको छ ।

राष्ट्रव्यापी रुपमा भइरहेका विरोध प्रदर्शनका क्रममा भएका दोहोरो झडपमा पाँच सय ३१ जना घाइते भएका तथा तीन सय २९ जनालाई पक्राउ गरिएको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ । गत मङ्सिर २१ गते वामपन्थी राष्ट्रपति कास्टिलोका महाभियोगसँगै गिरफ्तारीमा परेपछि उपराष्ट्रपति डिना बोलुअर्टेले राष्ट्रपतिका रुपमा शपथ लिनुभएको थियो । सोही दिनदेखि देशभर हिंसात्मक प्रदर्शन प्रारम्भ भएको हो ।

पूर्वराष्ट्रपति कास्टिलोका समर्थकहरूले बोलुअर्टेलाई राजीना तथा आफ्ना नेताको रिहाइसँगै आम निर्वाचनको घोषणा हुनुपर्ने माग गरेका छन् । आफू राष्ट्रपति बनेको एक सातापछि देशमा भड्किएको हिंसा रोक्ने प्रयासस्वरुप एक महिनासम्म देशमा आपत्काल लागू गरिएको घोषणा गर्नुभयो तर आन्दोलन मत्थर भएन ।

आन्दोलनबाट सबैभन्दा बढी प्रभावित क्षेत्र अयाकुचोमा राजनीतिक प्रभाव भएको अयाकुचो पिपल्स डिफेन्स फ्रन्टका अध्यक्ष रोसियो लिआन्ड्रो मेलगरलाई पक्राउ गरिएपछि हिंसात्मक गतिविधि बढेका छन् । हिंसा भड्किन नदिन सुरक्षा व्यवस्था मजबुत पारिएको छ भने त्यसको अनुसन्धान पनि भइरहेको महान्यायाधीवक्ताको कार्यालयले बताएको छ । उक्त कार्यालयले मानव हताहतीका जिम्मेवारी निर्धारण गर्न आठ वटा शिराबाट अनुसन्धान शुरु गरेको जनाएको छ ।

यसैबीच, राष्ट्रपति बोलुअर्टेले पदबाट राजीनामा नगर्ने बताउनुभएको छ । राज्यसञ्चालित टेलिभिजन प्रसारणमा शुक्रबार उहाँले देशका निम्ति आफ्नो दायित्व भएकाले राजीनामा नगर्ने दृढता व्यक्त गर्नुभयो । देशमा बढिरहेका हिंसात्मक गतिविधिप्रति उहाँले चिन्ता व्यक्त गर्नुभएको छ । देशको पछिल्लो स्थिति तथा आन्दोलनकारीले एक जना प्रहरी अधिकारीलाई ज्युँदै जलाएर मारेका राष्ट्रपतिले पेरुका जनतासँग क्षमा याचना पनि गर्नुभएको छ ।