२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेरुमा प्रदर्शन जारी, राष्ट्रपतिले राजीनामा नगर्ने



अ+ अ-

एजेन्सी । एक महिनाभन्दा लामो समयदेखि दक्षिण अमेरिकी देश पेरुमा जारी राजनीतिक अशान्ति साम्य हुने लक्षण नदेखिएको विश्लेषकहरूले बताएका छन् ।

पूर्वराष्ट्रपति पेड्रो कास्टिलोका समर्थक र सुरक्षा बलबीच देशका विभिन्न भागमा भएका झडपमा एक जना प्रहरीसहित ४२ जना सर्वसाधारणको मृत्यु भइसकेको छ ।

राष्ट्रव्यापी रुपमा भइरहेका विरोध प्रदर्शनका क्रममा भएका दोहोरो झडपमा पाँच सय ३१ जना घाइते भएका तथा तीन सय २९ जनालाई पक्राउ गरिएको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ । गत मङ्सिर २१ गते वामपन्थी राष्ट्रपति कास्टिलोका महाभियोगसँगै गिरफ्तारीमा परेपछि उपराष्ट्रपति डिना बोलुअर्टेले राष्ट्रपतिका रुपमा शपथ लिनुभएको थियो । सोही दिनदेखि देशभर हिंसात्मक प्रदर्शन प्रारम्भ भएको हो ।

पूर्वराष्ट्रपति कास्टिलोका समर्थकहरूले बोलुअर्टेलाई राजीना तथा आफ्ना नेताको रिहाइसँगै आम निर्वाचनको घोषणा हुनुपर्ने माग गरेका छन् । आफू राष्ट्रपति बनेको एक सातापछि देशमा भड्किएको हिंसा रोक्ने प्रयासस्वरुप एक महिनासम्म देशमा आपत्काल लागू गरिएको घोषणा गर्नुभयो तर आन्दोलन मत्थर भएन ।

आन्दोलनबाट सबैभन्दा बढी प्रभावित क्षेत्र अयाकुचोमा राजनीतिक प्रभाव भएको अयाकुचो पिपल्स डिफेन्स फ्रन्टका अध्यक्ष रोसियो लिआन्ड्रो मेलगरलाई पक्राउ गरिएपछि हिंसात्मक गतिविधि बढेका छन् । हिंसा भड्किन नदिन सुरक्षा व्यवस्था मजबुत पारिएको छ भने त्यसको अनुसन्धान पनि भइरहेको महान्यायाधीवक्ताको कार्यालयले बताएको छ । उक्त कार्यालयले मानव हताहतीका जिम्मेवारी निर्धारण गर्न आठ वटा शिराबाट अनुसन्धान शुरु गरेको जनाएको छ ।

यसैबीच, राष्ट्रपति बोलुअर्टेले पदबाट राजीनामा नगर्ने बताउनुभएको छ । राज्यसञ्चालित टेलिभिजन प्रसारणमा शुक्रबार उहाँले देशका निम्ति आफ्नो दायित्व भएकाले राजीनामा नगर्ने दृढता व्यक्त गर्नुभयो । देशमा बढिरहेका हिंसात्मक गतिविधिप्रति उहाँले चिन्ता व्यक्त गर्नुभएको छ । देशको पछिल्लो स्थिति तथा आन्दोलनकारीले एक जना प्रहरी अधिकारीलाई ज्युँदै जलाएर मारेका राष्ट्रपतिले पेरुका जनतासँग क्षमा याचना पनि गर्नुभएको छ ।