• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo

प्रदेश नं १ सरकारलाई विश्वासको मत



बिराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत प्राप्त गर्नुभएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा(४) तथा प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधनसमेत) को नियम १२८ को उपनियम(४) बमोजिम मुख्यमन्त्री कार्कीले सभामा विश्वासको मतका लागि प्रस्ताव पेश गर्नुभएको थियो ।

प्रस्तावको पक्षमा ५९ मत परेको थियो । प्रस्तावको विपक्षमा नेपाली कांग्रेसका २८ र नेकपा एकीकृत समाजवादीको चार गरी ३२ मत परेको थियो । कांग्रेसका प्रदेशसभा सदस्य प्रदीप सुनुवार अनुपस्थित रहनुभएको थियो ।

मुख्यमन्त्री कार्कीले प्रदेशलाई सक्षम, सवलीकरण गरी प्रशस्त रोजगारी सिर्जना गर्ने बताउनुभयो । उहाँले गत निर्वाचनमा आम मतदाताले कुनै पनि राजनीतिक दललाई बहुमत नदिएको अवस्थामा मिलेर अघि बढ्न राजनीतिक दललाई आग्रह गर्दै विश्वासको मत माग्नुभएको थियो ।

मुख्यमन्त्री कार्कीले संविधानको कार्यान्वयन र जनताको जनादेशलाई सम्मान गर्न सबै राजनीतिक दललाई आग्रह गर्नुभयो । उहाँले भत्रुभयो, “मिलेर देश बनाऔँ ।” उहाँले प्रदेश संरचनालाई स्थायी बनाउन दायित्व थपिएको भन्दै सङ्घीयताको विषयमा भइरहेको नकारात्मक टिप्पणीलाई सकारात्मक बनाउन हरसम्भव प्रयास गर्ने बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले विकेन्द्रिकरणको उच्चरुप सङ्घीयता भएको बताउनुभयो । उहाँले यसबारे भएका नकारात्मक टिप्पणीहरुको सबैले मिलेर जवाफ दिन आग्रह गर्नुभयो । उहाँले सबैको साथ र सहयोग लिएर अघि बढ्ने प्रतिवद्धता व्यक्क्त गर्दै प्रदेश सरकार शान्ति सुरक्षा, प्रदेशको कोष वृद्धि, प्रदेश संरचनाको स्थायित्वमा विशेष ध्यान दिने बताउनुभयो । उहाँले भत्रुभयो, “विगतमा समृद्धिको यात्रामा भएका सबै कामको निरन्तरता दिने र प्रदेशको नाम सकेसम्म सहमति र सहकार्यबाट नभए विधि र प्रक्रियाबाट टुङ्गो लगाउँछु ।’

सत्ता साझेदार राजनीतिक दलको तर्फबाट नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले नयाँ सरकारको प्रशस्त संभावन, अवसर र चुनौती रहेकाले सुझबुझका साथ काम गर्न आग्रह गर्नुभयो । उहाँले आफ्नो दलको तर्फबाट सरकारलाई पूर्णसमर्थन रहेको जनाउँदै सरकारलाई मितव्ययी हुन र भ्रष्टाचारमा शून्य सहनशीलता हुन आग्रह गर्नुभयो ।

नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले राजनीतिमा कोही कसैको शत्रु र मित्र नरहने भन्दै आफ्नो पार्टीले सरकारको विपक्षमा मतदान गर्ने छ भत्रुभयो । उहाँले कांग्रेस प्रतिपक्षमा रहेपनि लोकतन्त्रको मूल्य र मान्यतमा रही संविधानको मर्मअनुसार भूमिका निर्वाह गर्ने धारणा राख्नुभयो ।

नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्रकुमार राईले आफ्नो पार्टीले सरकारको विपक्षमा मतदान गर्ने भन्दै सरकारको स्थायित्वको कामना गर्नुभयो । उहाँले सरकारको नीति तथा कार्यक्रम आइनसकेकाले समर्थन गर्न नसक्ने भन्दै प्रतिपक्षमा रहेर पनि रचनात्मक भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाउनुभयो । प्रदेशसभको अर्को बैठक शनिबार बिहान ११ बजे बस्ने छ ।रासस