१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की News Polar अझै निकाल्न नसकिएको राइनो क्रुज News Polar विधि र विधानभन्दा बाहिर जाने छुट कसैलाई छैनः भण्डारी News Polar बाढी प्रभावित बालबालिका लक्षित दीर्घकालीन स्याहार योजना सञ्चानलमा News Polar मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद चर्किँदा तोडफोड र कुटपिट News Polar यसै वर्ष २ सय नयाँ टावर र १ हजार ५ सय ९७ स्थानमा फोरजी विस्तार गरिने News Polar भोटेकोशी बाढीः ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान News Polar नेप्से परिसूचक ४ दशमलव ८२ अङ्कले घट्यो News Polar प्राविधिक सांसदलाई प्रधानमन्त्री शाहको आग्रह : ‘ज्ञान, सीप प्रयोग गर्नुहोस्’ News Polar अध्यक्ष ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर पार्टी एकताका साथ अघि बढौँ News Polar दोधारा–चाँदनी झोलुङ्गे पुलः प्राविधिक टोलीद्वारा अध्ययन सुरु News Polar कोप–३१ मा नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्नेगरी तयारी थाल्न निर्देशन News Polar अर्थ समितिद्वारा लगानीकर्ताको अधिकतम हित संरक्षण गर्न सम्बद्ध निकायलाई निर्देशन News Polar जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्बारे तथ्यमा आधारित प्रतिवेदन बनाउने समितिको प्रतिबद्धता

प्रदेश नं १ सरकारलाई विश्वासको मत

प्रदेश नं १ सरकारलाई विश्वासको मत
अ अ+ अ-

बिराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत प्राप्त गर्नुभएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा(४) तथा प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधनसमेत) को नियम १२८ को उपनियम(४) बमोजिम मुख्यमन्त्री कार्कीले सभामा विश्वासको मतका लागि प्रस्ताव पेश गर्नुभएको थियो ।

प्रस्तावको पक्षमा ५९ मत परेको थियो । प्रस्तावको विपक्षमा नेपाली कांग्रेसका २८ र नेकपा एकीकृत समाजवादीको चार गरी ३२ मत परेको थियो । कांग्रेसका प्रदेशसभा सदस्य प्रदीप सुनुवार अनुपस्थित रहनुभएको थियो ।

मुख्यमन्त्री कार्कीले प्रदेशलाई सक्षम, सवलीकरण गरी प्रशस्त रोजगारी सिर्जना गर्ने बताउनुभयो । उहाँले गत निर्वाचनमा आम मतदाताले कुनै पनि राजनीतिक दललाई बहुमत नदिएको अवस्थामा मिलेर अघि बढ्न राजनीतिक दललाई आग्रह गर्दै विश्वासको मत माग्नुभएको थियो ।

मुख्यमन्त्री कार्कीले संविधानको कार्यान्वयन र जनताको जनादेशलाई सम्मान गर्न सबै राजनीतिक दललाई आग्रह गर्नुभयो । उहाँले भत्रुभयो, “मिलेर देश बनाऔँ ।” उहाँले प्रदेश संरचनालाई स्थायी बनाउन दायित्व थपिएको भन्दै सङ्घीयताको विषयमा भइरहेको नकारात्मक टिप्पणीलाई सकारात्मक बनाउन हरसम्भव प्रयास गर्ने बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले विकेन्द्रिकरणको उच्चरुप सङ्घीयता भएको बताउनुभयो । उहाँले यसबारे भएका नकारात्मक टिप्पणीहरुको सबैले मिलेर जवाफ दिन आग्रह गर्नुभयो । उहाँले सबैको साथ र सहयोग लिएर अघि बढ्ने प्रतिवद्धता व्यक्क्त गर्दै प्रदेश सरकार शान्ति सुरक्षा, प्रदेशको कोष वृद्धि, प्रदेश संरचनाको स्थायित्वमा विशेष ध्यान दिने बताउनुभयो । उहाँले भत्रुभयो, “विगतमा समृद्धिको यात्रामा भएका सबै कामको निरन्तरता दिने र प्रदेशको नाम सकेसम्म सहमति र सहकार्यबाट नभए विधि र प्रक्रियाबाट टुङ्गो लगाउँछु ।’

सत्ता साझेदार राजनीतिक दलको तर्फबाट नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले नयाँ सरकारको प्रशस्त संभावन, अवसर र चुनौती रहेकाले सुझबुझका साथ काम गर्न आग्रह गर्नुभयो । उहाँले आफ्नो दलको तर्फबाट सरकारलाई पूर्णसमर्थन रहेको जनाउँदै सरकारलाई मितव्ययी हुन र भ्रष्टाचारमा शून्य सहनशीलता हुन आग्रह गर्नुभयो ।

नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले राजनीतिमा कोही कसैको शत्रु र मित्र नरहने भन्दै आफ्नो पार्टीले सरकारको विपक्षमा मतदान गर्ने छ भत्रुभयो । उहाँले कांग्रेस प्रतिपक्षमा रहेपनि लोकतन्त्रको मूल्य र मान्यतमा रही संविधानको मर्मअनुसार भूमिका निर्वाह गर्ने धारणा राख्नुभयो ।

नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्रकुमार राईले आफ्नो पार्टीले सरकारको विपक्षमा मतदान गर्ने भन्दै सरकारको स्थायित्वको कामना गर्नुभयो । उहाँले सरकारको नीति तथा कार्यक्रम आइनसकेकाले समर्थन गर्न नसक्ने भन्दै प्रतिपक्षमा रहेर पनि रचनात्मक भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाउनुभयो । प्रदेशसभको अर्को बैठक शनिबार बिहान ११ बजे बस्ने छ ।रासस