५ श्रावण २०८३, मंगलवार
,
Latest
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

वागमती प्रदेश: सभामुख पाठकले लिए सपथ



अ+ अ-

हेटौँडा । वागमती प्रदेशका नवनिर्वाचित सभामुख भुवन पाठकले सपथग्रहण गरेका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले पाठकलाई पद तथा गोपनियताको सपथग्रहण गराएका हुन् ।

राप्रपाका केन्द्रीय महामन्त्री समेत रहेका पाठकले ६२ मत पाएका थिए भने उनका विपक्षमा ४९ मत परेको थियो । निर्वाचनमा ७ जना प्रदेशसभा सदस्य तटस्थ बसेका थिए । पाठकलाई सत्तारुढ दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र तथा सत्ता समर्थक हाम्रो नेपाली पार्टीका सांसदहरुले सभामुखमा समर्थन गरेका थिए ।

पाठक निर्वाचित हुनुअघि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका शिवराज अधिकारी र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) की सृजना सायजुलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।




भर्खरै