२४ मंसिर २०८२, बुधबार
,
Latest
एमालेको महाधिवेशनको उद्घाटन सत्रमा निम्तो दिन नेताहरू घरदैलोमा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा तीन हजार २९१ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने बोलेरो दुर्घटना हुँदा ११ जना घाइते मन्त्री सिन्हाद्वारा मानव अधिकारको संरक्षणका लागि सरकारलाई सहयोग गर्न आग्रह कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेतालाई सम्मान महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

वागमती प्रदेश: सभामुख पाठकले लिए सपथ



अ+ अ-

हेटौँडा । वागमती प्रदेशका नवनिर्वाचित सभामुख भुवन पाठकले सपथग्रहण गरेका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले पाठकलाई पद तथा गोपनियताको सपथग्रहण गराएका हुन् ।

राप्रपाका केन्द्रीय महामन्त्री समेत रहेका पाठकले ६२ मत पाएका थिए भने उनका विपक्षमा ४९ मत परेको थियो । निर्वाचनमा ७ जना प्रदेशसभा सदस्य तटस्थ बसेका थिए । पाठकलाई सत्तारुढ दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र तथा सत्ता समर्थक हाम्रो नेपाली पार्टीका सांसदहरुले सभामुखमा समर्थन गरेका थिए ।

पाठक निर्वाचित हुनुअघि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका शिवराज अधिकारी र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) की सृजना सायजुलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।