२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

धरौटीमा छुटे सन्दीप लामिछाने-फोटो फिचर



अ+ अ-

काठमाडौं । नेपाली क्रिकेट टीमका पूर्वकप्तान सन्दीप लामिछाने धरौटीमा रिहा भएका छन् । उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएबमोजिम धरौटी तिरेर सन्दीप केन्द्रीय कारागारबाट रिहा भएका हुन् ।

जिल्ला अदालत काठमाडौंले सन्दीपलाई थुनामै राखेर कारबाही गराउन आदेश गरेपनि सोविरुद्ध उनले उच्च अदालत पाटनमा निवेदन दिएका थिए । जिल्ला अदालतको उक्त आदेश बदर गर्दै न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासमा बिहीबार सन्दीपलाई २० लाख धरौटीमा रिहा गर्न उच्च अदालतले आदेश दिएको थियो ।

लामिछानेका वकिल सरोजकृष्ण घिमिरेका अनुसार अब उनले बाहिर बसेर मुद्दाका बाँकी प्रक्रिया पूरा गर्नेछन् । लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश गर्दा अदालतले उनलाई विदेश जान रोक लगाएको छ । साथै पीडित र मुद्दाबारे कुनै सामग्री प्रकाशन गर्न वा विद्युतीय सार्वजनिक सञ्चारमाध्यम, सामाजिक सञ्जालमा कुनै टीकाटिप्पणी गर्न निषेध गरेको छ ।

यस्तै उच्च अदालतले पीडितको परिवारसँग भौतिक वा अन्य कुनै प्रकारले सम्पर्क वा भेटघाट गर्न पनि लामिछानेमाथि बन्देज लगाएको छ । लामिछानेलाई उपत्यका छाड्नसमेत रोक लगाइएको छ ।

किशोरी बलात्कार गरेको आरोपमा सन्दीप गत असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।