१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमति प्रदेशको सभामुखमा राप्रपाका पाठक निर्वाचित



अ+ अ-

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रदेशसभा सदस्य भुवन पाठक बागमती प्रदेशको सभामुखमा नियुक्त हुनुभएको छ । शुक्रबार बसेको प्रदेशसभाको बैठकमा निर्वाचन हुँदा सत्ता गठबन्धनका साझा उम्मेदवार पाठक निर्वाचित हुनुभएको हो । उहाँ राप्रपाका महामन्त्रीसमेत हुनुहुन्छ ।

पाठकले ६२ मत पाउनुभएको थियो भने उहाँको विपक्षमा ४९ मत परेको थियो । निर्वाचनमा ७ जना प्रदेशसभा सदस्य तटस्थ बसेका थिए ।

पाठक निर्वाचित हुनुअघि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका शिवराज अधिकारी र नेपाल मजदुर किसान पार्टी ९नेमकिपा० की सृजना सायजुलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।

तस्बिर -अञ्जली थापा -रासस