१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री खगराजलाई दीपक मनाङेले विश्वासको मत नदिने



अ+ अ-

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई मुख्यमन्त्रीमा समर्थन गरेका दीपक मनाङेले विश्वासको मत नदिने भएका छन् ।

फेसबुकमा एक स्ट्याटस लेख्दै मनाङेले सरकार गठनले गर्दा मुख्यमन्त्रीमा अधिकारीलाई समर्थन गरेपनि विश्वासको मत नदिएर प्रतिपक्षमा बस्न्ने बताएका हुन् ।

मनाङेले फेसबुकमा लेखेका छन् ‘गण्डकी प्रदेशमा एमालेबाट प्रस्ताविक मुख्यमन्त्री माननीय खगराज अधिकारीले लिने विश्वासको मतमा म मनाङ जिल्ला (ख)बाट निर्विरोध निर्वाचित प्रदेशसभा सांसद राजीव गुरुङ प्रतिपक्षमा बस्ने निर्णय गरेको छु’ । उनले एमालेको २२, माओवादीको ८ र राष्ट्रिय प्रजातन्त्र पार्टीको २ मतबाट सरकार बनाउन आवश्यक बहुमत पुगेकोले सरकारमा जानुभन्दा प्रतिपक्षमा बसेर काम गर्नु उचित रहेको बताएका छन् ।

मनाङेले मंसिर १९ गते नेकपा (एकीकृत समाजवादी) प्रवेश गरेका थिए । नवनियुक्त मुख्यमन्त्री अधिकारीले आज दिउँसो ३ बजे विश्वासको मत लिँदैछन् ।