• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo

मुख्यमन्त्री खगराजलाई दीपक मनाङेले विश्वासको मत नदिने



काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई मुख्यमन्त्रीमा समर्थन गरेका दीपक मनाङेले विश्वासको मत नदिने भएका छन् ।

फेसबुकमा एक स्ट्याटस लेख्दै मनाङेले सरकार गठनले गर्दा मुख्यमन्त्रीमा अधिकारीलाई समर्थन गरेपनि विश्वासको मत नदिएर प्रतिपक्षमा बस्न्ने बताएका हुन् ।

मनाङेले फेसबुकमा लेखेका छन् ‘गण्डकी प्रदेशमा एमालेबाट प्रस्ताविक मुख्यमन्त्री माननीय खगराज अधिकारीले लिने विश्वासको मतमा म मनाङ जिल्ला (ख)बाट निर्विरोध निर्वाचित प्रदेशसभा सांसद राजीव गुरुङ प्रतिपक्षमा बस्ने निर्णय गरेको छु’ । उनले एमालेको २२, माओवादीको ८ र राष्ट्रिय प्रजातन्त्र पार्टीको २ मतबाट सरकार बनाउन आवश्यक बहुमत पुगेकोले सरकारमा जानुभन्दा प्रतिपक्षमा बसेर काम गर्नु उचित रहेको बताएका छन् ।

मनाङेले मंसिर १९ गते नेकपा (एकीकृत समाजवादी) प्रवेश गरेका थिए । नवनियुक्त मुख्यमन्त्री अधिकारीले आज दिउँसो ३ बजे विश्वासको मत लिँदैछन् ।