२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘तिम्रो मेरो साथ’ र ‘गुञ्जन’ एकसाथ प्रदर्शन



अ+ अ-

काठमाडौँ । दुई नेपाली चलचित्र ‘तिम्रो मेरो साथ’ र ‘गुञ्जन’ एकसाथ प्रदर्शन भइरहेका छन् । केही समययता सातामा एकमात्र नेपाली चलचित्र प्रदर्शन भइरहेको थियो । यद्यपि यो साता तिम्रो मेरो साथ र गुञ्जन प्रदर्शन गरिएको छ ।

प्रेमकथामा आधारित चलचित्र माघेसङ्क्रान्तिलाई लक्षित गर्दै प्रदर्शनमा आएको हो । साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्प खड्का र सन्दीप क्षेत्रीको मुख्य भूमिका रहेको ‘तिम्रो मेरो साथ’ले चितवन प्रिमियरमार्फत सकारात्मक प्रतिक्रिया बटुलेको निर्मातासँगै निर्देशक रहनुभएका रमेश एमके पौडेलले जानकारी दिनुभयो ।

“प्रेमकथालाई दर्शकले रूचाउनुभयो । निर्माताका रूपमा अन्य चलचित्रमा आवद्ध भएपनि निर्देशनमा डेब्यु गर्दा नयाँ अनुभव भइरहेको छ”, उहाँले भन्नुभयो । सवीर श्रेष्ठको कार्यकारी निर्माण र लेखन रहेको उक्त चलचित्रमा शिव ढकालले छायाङ्कन, सुवाष भुसाल÷योगेश काजीको सङ्गीत, रामजी लामिछानेको कोरियोग्राफी र भूपेन्द्र अधिकारीले सम्पादन गर्नुभएको छ ।

यस्तै द्वन्द्व निर्देशकका रूपमा दुई दशकदेखि सक्रिय रहनुभएका अष्टमान महर्जनले ‘गुञ्जन’मार्फत चलचित्र निर्देशनमा डेब्यु गर्नुभएको छ । “मैले द्वन्द्वप्रधान चलचित्र बनाउँछु अपेक्षा धेरैमा थियो । यद्यपि निर्देशक बन्दै गर्दा मैले राम्रो कथालाई रोजेको हुँ”, उहाँले भन्नुभयो । हीराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाहीको निर्माणमा बनेको उक्त चलचित्रमा सारा सिर्पाली, कविर खड्का, प्रितमराज सेन्चुरी, सरोज खनाल, हिउँवाला गौतम, ऋचा थापा, रोहन शाही, निरुता स्याङतान, कञ्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, अमेश न्यौपानेलगायतले अभिनय गर्नुभएको छ ।

चलचित्र गुञ्जनमा महेश दबाडीको लेखन, राजेश श्रेष्ठको छायाङ्कन, कविराज गहतराजको नृत्य निर्देशन र विपीन मल्लको सम्पादन रहेको छ । रासस




भर्खरै