१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्सिलोना सुपर कपको फाइनलमा



अ+ अ-

एजेन्सी । क्याटलान क्लब बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा रियल बेटिसलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै बार्सिलोना उपाधिनजिक पुगेको हो ।

निर्धारित समयमा १–१ र अतिरिक्त समयमा २–२ गोलको बराबरीपछि खेल टाइब्रेकरमा लम्बिएको थियो । टाइब्रेकरमा बार्सिलोनाका रोबर्ट लेवान्डोस्की, फ्रान्क केस्सी, अन्सु फाती र पेड्रीले गोल गरे । रियल बेटिसका विलियम जोश र लोरेन मोरोनले गोल गर्दा तेस्रो पेनाल्टीमा जुआनमी र चौथो पेनाल्टीमा विलियम कार्भाल्हो गोल गर्न असफल रहे ।

त्यसअघि साउदी अरबको किङ फाद इन्टरनेसनल स्टेडियममा भएको खेलमा ४०औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई १–० को अग्रता दिलाए । ७७औं मिनेटमा नविल फेकिरले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ८१औं मिनेटमा लेवान्डोस्कीले गोल गरेपनि भिएआरबाट मान्यता पाएन ।

९३औं मिनेटमा फातीले गोल गर्दै बार्सिलोनालाई २–१ ले अघि बढाए । १०१औं मिनेटमा लोरेन मोरोनले गोेल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । ११८औं मिनेटमा रियल बेटिस १० खेलाडीमा समेटिन पुग्यो । आन्द्रेस गुआरडाडो रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । त्यसपछि थप गोल हुन नसक्दा खेल टाइब्रेकरमा लम्बिएको थियो ।

अब बार्सिलोनाले उपाधिका लागि रियल मड्रिडसँग प्रतिस्पर्धा गर्नेछ । रियलले बुधबार राति भ्यालेन्सियालाई टाइब्रेकरमै ४–३ ले पराजित गर्दै फाइनलमा स्थान बनाइसकेको छ । फाइनल खेल १५ जनवरीमा हुनेछ ।