११ श्रावण २०८३, सोमबार
,
Latest
‘सी चिनफिङ विचारधारा’ वैश्विक शासनको वैकल्पिक र सफल मोडेल’ सुरुङमार्ग उद्घाटन हुँदै गर्दा स्थानीय सडकमा, राखे यस्ता माग साउनको दोस्रो सोमवारः पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आफूखुसी गैरहाजिर रहेका प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन सार्वजनिक सूचना विश्वकप लिग-२: आज नामिबियासँग भिड्दै नेपाल यमनका हुथी विद्रोहीद्वारा साउदी अरबको ड्रोन खसालेको दाबी, लाल सागरमा जहाज लक्षित आक्रमण स्पेनमा डढेलोको भीषण संकटः दशौँ हजार नागरिक विस्थापित दक्षिण चीन सागरमा भियतनामी जहाज दुर्घटनाः ४६ चालक दलका सदस्यको सफल उद्धार इराक र लेबनानका प्रधानमन्त्रीबीच भेटवार्ताः क्षेत्रीय स्थिरता र द्विपक्षीय सहयोगमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीका लेखा आयोग सदस्य बराल एमालेमा प्रवेश



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय लेखा आयोगका सदस्य काशिचन्द्र बराल नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले बिहीबार पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा बराललाई खादा र अबीर लगाई स्वागत गरे ।

उनी कालीकोटको रास्कोट नगरपालिकाका पूर्व मेयर हुन् । उनी गत मंसिरमा सम्पन्न निर्वाचनमा प्रतिनिधि सभा सदस्यका उम्मेदवार थिए।

महासचिव पोखरेलले नेता बराल पार्टीमा समाहित भएबाट कर्णाली प्रदेशमा पार्टी कामलाई अगाडि बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । कर्णाली प्रदेशमा गत निर्वाचनमा पार्टीले राम्रो परिणाम ल्याउन नसकेको र पार्टीलाई वैचारिक, राजनीतिक र सांगठानिक रूपमा सुदृढ गर्नुपर्ने आवश्यकता रहेको महासचिव पोखरेलको भनाई थियो ।

मुलुकको विकास र समृद्धिका लागि एमालेलाई सुदृढ राष्ट्रिय शक्तिका रूपमा विकास गर्ने सन्दर्भमा नेपाली कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्ने कुरा प्राथमिकताको विषय भएकाले साना र अन्य कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूलाई पार्टीमा समाहित गरेर ध्रूबीकृत गरिने बताए ।

महासचिव पोखरेलले एमालेमा समाहित हुने अन्य पार्टीका नेताकार्यकर्ता आफ्नो राजनीतिक इतिहाससहित समाहित हुने बताउँदै बराललाई पनि उचित जिम्मेवारी प्राप्त हुने विश्वास दिलाए ।

नवप्रवेशी बरालले नेकपा (एमाले)ले नेकपाको विरासतलाई कायम राख्दै कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न सक्छ भन्ने विश्वासका साथ एमालेमा समाहित भएको बताए ।

पार्टी प्रवेश कार्यक्रममा नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा कालीकोट जिल्ला इन्चार्ज नगिन्द्र शाही लगायतको उपस्थिति रहेको थियोे ।