२७ चैत्र २०८१, बुधबार
April 9, 2025 Wednesday

18.27°C

काठमाडौं

18.27°C

Kathmandu

Feels-like: 18.45

Wind: 2.57

Humidity: 88

Latest
रास्वपाको केन्द्रीय सचिवालय बैठक बिहीबार पुनः बस्ने शिक्षकका माग अविलम्ब पूरा गर्नुपर्छः पूर्वप्रधानमन्त्री खनाल संक्रमणकालीन न्यायसम्बन्धी आयोग : पदाधिकारीका लागि निवेदन दिन १० दिनको समय आन्तरिक रोजगारी दशकको उद्देश्य हासिल गर्न समझदारी डोटीको घण्टेश्वर सेतीमहाकाली बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी दिवङ्गत पत्रकार सुरेश रजकको सम्झनामा दीप प्रज्वलन नेपाल बारमा विजयप्रसाद मिश्रको प्यानलको जित निश्चित सर्लाहीमा ईद मिलन तथा उर्दू कवि सम्मेलन सम्पन्न प्रधानमन्त्री ओलीसँग भारतीय कृषिमन्त्री चौहानको भेट अफगानिस्तानको यु–१९ विरुद्व नेपालको सान्त्वना जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सभा सदस्यको हैसियत वडा सदस्य सरह पनि नभएको सांसदहरुको गुनासो



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा सांसदहरुले आफूहरु मर्यादा क्रममा पार्टीभित्र र बाहिर दोस्रो दर्जाको सांसद जस्तो भएको गुनासो गरेका छन् ।

बिहीवार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समिति बैठकमा बोल्दै सांसदहरुले राष्ट्रिय सभा सदस्यको राज्यले दिएको र स्वयम व्यक्तिगत रुपमा पाउनुपर्ने मर्यादाक्रमप्रति असन्तुष्टि जनाएका हुन् ।

उनीहरुले पार्टीभित्र प्रतिनिधि सभा सदस्य र राष्ट्रिय सभा सदस्यलाई दिने मान्यतामा धेरै फरक रहेको गुनासो गरे । उनीहरुले राष्ट्रिय सभा सांसदलाई सार्वजनिक कार्यक्रम तथा विभिन्न समारोहमा समेत प्रतिनिधि सभा सदस्य भन्दा तल राखिने गरेको भन्दै आपत्ति जनाए । राष्ट्रिय सभा सदस्य नारायणप्रसाद दाहालले पार्टीभित्र संसदीय दलको बैठक बस्दा दोस्रो दर्जाको सांसद जस्तो हुने गरेको बताउनु भयो ।

उहाँले राज्यले दिएको मर्यादा र स्वयं व्यक्तिले पाउने मर्यादा समेत नपाएको गुनासो गर्नुभयो । उहाँले विभिन्न कार्यक्रममा समेत प्रतिनिधि सभा सांसदलाई पहिला र राष्ट्रिय सभा सांसदलाई पछि बोलाउने गरेको बताउनु भयो । उहाँले अहिलेको यस्तो अवस्थालाई स्थापित गराउनको लागि समितिले प्रभावकारी काम गर्न आवश्यक रहेको बताउनु भयो ।

अर्का सांसद कृष्णप्रसाद पौडेलले समितिले बैठकमा छलफल गरी निर्देशन दिएका विषयमा प्रभावकारी रुपमा कार्यान्वयन भए÷नभएको अनुगमन गर्नुपर्ने बताउनु भयो । उहाँले छलफलपछि बाहिर परिणाम कस्तो आयो भन्ने विषयमा जानकारी लिएर समितिले गर्ने काम परिणाममुखी हुनुपर्ने बताउनु भयो । उहाँले समितिले थोरै काम र निर्देशन गरी परिणाम ल्याउँदा मात्रै राम्रो हुने अन्यथा छलफलमा मात्रै सिमित हुने बताउनु भयो ।

सांसद विमला घिमिरेले राष्ट्रिय सभा सदस्यमा गृह मन्त्रालयले बनाएको मर्यादा क्रम सच्याउनुपर्ने बताउनु भयो । उहाँले माथिल्लो सदनको सांसद तल बस्ने तर भर्खरै निर्वाचित भएको भनेर प्रतिनिधि सभा सांसदलाई माथि राख्न नमिल्ने बताउनु भयो ।

सांसद कमलादेवी पन्तले प्रतिनिधि सभा नचल्ने बित्तिकै राष्ट्रिय सभा नचल्ने अवस्था भएर राष्ट्रिय सभाको औचित्य नभएको महशुस भएको बताउनु भयो । उहाँले राष्ट्रिय सभाको औचित्य नभए राज्यलाई भार बनाउन नहुने बताउनु भयो । उहाँले प्रतिनिधि सभा नचल्दा राष्ट्रिय सभा पनि नचल्ने यकिन हुनुपर्ने बताउनु भयो । उहाँले राष्ट्रिय सभा निरिह सभा जस्तो भएको बताउनु भयो ।

सांसद शारदादेवी भट्टले राष्ट्रिय सभाका सांसदले कुनै अधिकार नपाएको बताउनु भयो । उहाँले राष्ट्रिय सभामा बोलेका र समितिमा छलफल भएका कुनैपनि विषय कतै कार्यान्वयनमा नआएको बताउनु भयो । उहाँले राष्ट्रिय सभाका सांसदले संसदमा बोल्ने काम मात्रै भएको बताउनु भयो ।

त्यस्तै सांसद सिंगबहादुर विश्वकर्माले प्रतिनिधि सभाका सांसद बौद्धिक रुपमा माथि भएपनि राष्ट्रिय सभा सदस्य नै उनीहरु भन्दा माथि हुने बताउनु भयो ।

उहाँले राष्ट्रिय सभाका सदस्यको हैसियत वडा सदस्य जतिको समेत नभएको बताउनु भयो ।