२४ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’ नेपालको इतिहासमा भदौ २४ अभूतपूर्व विनासको दिन : निरज आचार्य बाजुराको खोलाले बगाउँदा किशोर बेपत्ता :खोजी जारी बाढीका कारण काठमाडौं उपत्यकामा देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन जेन–जी आन्दोलनको एक वर्ष : छानबिन प्रतिवेदन कार्यान्वयनदेखि संविधानका उपलब्धि रक्षासम्म प्रचण्डको जोड ‘संकटको समयमा सरकारले सहयोग गरे फेरि उठ्छौँ’ बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि ‘नेपालले राहत होइन, जलवायु न्यायसहित क्षतिपूर्ति माग्नुपर्छ’: मुख्यमन्त्री यादव युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलियाले अफगानिस्तानसँग सिरिज नखेल्ने



अ+ अ-

काठमाडौँ । अष्ट्रेलियाले आगामी मार्चमा हुने अफगानिस्तानविरुद्धको एकदिवसीय सिरिज नखेल्ने भएको छ । अस्ट्रेलिया क्रिकेट बोर्डले एक विज्ञप्ती जारी गर्दै संयुक्त अरब इमिरेट्स (युएई)मा हुने अफगानिस्तानविरुद्धको पुरुष एकदिवसीय सिरिज नखेल्ने जानकारी गराएको हो ।

अफगानिस्तानमा हाल तालिवानको शासन चलिरहेको छ। तालिवानले अफगानिस्तानका महिला र केटीहरूमा धेरै प्रतिबन्धहरू लगाएका छन्। उनीहरुलाई पढाइसँगै घरबाहिर काम गर्ने अधिकार छैन । केटीहरूलाई खेलकुदमा भाग लिन पनि प्रतिबन्ध लगाइएको छ। तालिवानको सो निर्णयको विरोधमा अस्ट्रेलियाले अफगानिस्तानसँगको सिरिज नखेल्ने निर्णय गरेको उक्त विज्ञप्तीमा उल्लेख गरेको छ।

‘क्रिकेट अस्ट्रेलिया अफगानिस्तानसहित विश्वभरका महिला र पुरुषहरूको लागि खेलको विकास गर्न सहयोग गर्न प्रतिबद्ध छ,’ विज्ञप्तीमा भनिएको छ ‘देशमा महिला र बालिकाहरूको लागि सुधारिएको अवस्थाको प्रत्याभुत भएमा अफगानिस्तान क्रिकेट बोर्डसँग साझेदारी जारी रहने छ ।’

अष्ट्रेलिया र अफगानिस्तानबीच तीन खेलको एकदिवसीय सिरिज हुने तालिका रहेको थियो ।