३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनी प्रदेश: मुख्यमन्त्री गिरीसहित दुई मन्त्रीले लिए शपथ



अ+ अ-

रुपन्देही । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लिला गिरीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

लुम्बिनी प्रदेश राजधानी दाङको राप्ती उपत्यकामा प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई शपथ खुवाएका हुन् ।

बुधबार प्रमुख शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम एमाले संसदीय दलका नेता गिरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

मुख्यमन्त्री गिरीसँगै अन्य २ मन्त्रीहरुले पनि आजै समेत शपथ लिएका छन् । प्रदेशसभा सदस्यहरु नेकपा माओवादी केन्द्रकी कृष्णा केसी नमुना र एमालेका चेतनारायण आचार्यले विना विभागीय मन्त्रीको रुपमा शपथ लिएका छन् ।