२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमती प्रदेश: सभामुखमा कांग्रेसका अधिकारीद्वारा मनोनयन दर्ता



अ+ अ-

हेटौँडा । बागमती प्रदेशसभाको सभामुख पदका लागि नेपाली कांग्रेसले उम्मेदवारी दर्ता गराएको छ । कांग्रेस प्रदेशसभा सदस्य शिवराज अधिकारीले सभामुख पदका लागि उम्मेदवारी दर्ता गराउनुभएको हो ।

अधिकारीको प्रस्तावकमा कुन्दनराज काफ्ले र समर्थकमा रामकृष्ण चित्रकार रहनुभएको छ । कांग्रेस प्रदेश संसदीय दलले समानुपातिकतर्फबाट निर्वाचित धादिङका अधिकारीलाई सभामुखमा उम्मेदवार बनाउन निर्णय गरेको थियो ।

सत्ता साझेदार दलबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का भुवन पाठक उम्मेदवार बन्नुहुनेछ । सत्ता गठबन्धनबीच मुख्य पदहरु भागबन्डा गर्दा बागमती प्रदेशको सभामुख पद राप्रपाको भागमा परेको थियो । राप्रपाले पाठकलाई सभामुख पदको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

सभामुख पदका लागि नेपाल मजदुर किसान पार्टी (नेमकिपा) की सृजना सायजुले पनि उम्मेदवारी दर्ता गरिसक्नुभएको छ ।