१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवाले आज विश्वासको मत लिँदै, संसद सचिवालयमा प्रस्ताव दर्ता



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा आजै विश्वासको मत लिने भएका छन्। प्रधानमन्त्री नियुक्त भईसकेपछि प्रधानमन्त्री देउवाले एक महिनाभित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था छ।

देउवाले विश्वासको मत लिनेबारेको प्रस्ताव संसद सचिवालयमा दर्ता भइसकेको छ । पुनर्स्थापित प्रतिनिधि सभाको आज पहिलो बैठकमै प्रधानमन्त्री देउवाले विश्वासको मत लिन लागेका हुन् । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरूको समर्थन पाएका देउवा सर्वोच्च अदालतको परामदेशपछि असार २९ गते प्रधानमन्त्री बनेका थिए। 

आजको पुनर्स्थापित प्रतिनिधि सभाको बैठक अपरान्ह ४ बजे बस्दैछ । 

प्रतिनिधि सभा नियमावलीमा प्रधानमन्त्रीले विश्वासको मत लिने प्रस्ताव दर्ता गराएपछि सभामुखले समय र मिति तोक्ने व्यवस्था छ।