• ११ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 24 2024
  •   Unicode
Logo

रोहितको ब्याटिङ वरीयता खस्कियो



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान एवं ब्याटर रोहितकुमार पौडेलको ब्याटिङ वरीयता खस्किएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको नयाँ ओडिआई वरीयतामा रोहित एक स्थान तल झरेका हुन् ।

नयाँ वरीयतामा रोहित ८२ औं स्थानमा रहेका छन् । ब्याटिङमा पाकिस्तानका कप्तान बाबर अजाम शीर्ष स्थानमा रहेका छन् ।

यता, ब्याटिङतर्फ टी–२० वरीयतामा कुशल भुर्तेलको एक स्तर बढेर ५१औँ मा रहेका छन् भने दिपेन्द्र ऐरे ५८ औँ स्थानमा रहेका छन् । पहिलो स्थानमा भने भारतका सूर्यकुमार यादव रहेका छन् ।

यस्तै, बलिङतर्फ सन्दीप लामिछाने ४३ औं स्थानमा यथावत रहेका छन् । बलिङमा न्युजिल्याण्डका फास्ट बलर ट्रेन्ट बोल्ट पहिलो स्थानमा रहेका छन् ।