२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश १: सभामुखमा एकल उम्मेदवारी परेका गौतमलाई निर्वाचित घोषणा गर्ने तयारी



अ+ अ-

विराटनगर । प्रदेश १ को सभामुखमा माओवादी केन्द्रका सांसद बाबुराम गौतमको एकल उम्मेदवारी परेको छ ।

सभामुखको निर्वाचनका लागि आज बिहान ११ बजे बैठक बस्न लागेको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । सोहि बैठकले गौतमलाई निर्वाचित भएको घोषणा गर्ने बताईएको छ ।

ज्येष्ठ सदस्य गयानन्द मण्डलले माओवादी उम्मेदवार गौतमलाई निर्विरोध निर्वाचित भएको घोषणा गर्ने तयारी गरिएको छ । गौतमलाई सत्ता पक्ष र प्रतिपक्षी दल दुबैको समर्थन रहेको छ ।

संसद् सचिवालयका प्रमुख गोपाल पराजुलीका अनुसार गौतमले आजै १ बजे शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ । उनलाई प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराउने छ ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका गौतम ओखलढुङ्गाको प्रदेशसभा २(१) बाट प्रत्यक्ष निर्वाचित भएका थिए ।