• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   रवि लामिछानेविरुद्धको रिटमा आज पनि सर्वोच्चमा सुनुवाइ ★   ललितपुरका मेयर चिरिबाबुलाई अख्तियारले काट्यो पत्र ★   रास्वपाका मन्त्रीहरुले राजीनामा दिँदै ★   चुरे विनास भएकोका चिन्ता, संरक्षणको माग ★   प्रस्तावित निर्वाचन आयुक्त प्रधानको संसदीय सुनुवाइ आज ★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र भुसाल भिड्दै ★   रास्वपाले गर्‍यो महामन्त्री ढकाललाई निलम्बन, बुर्लाकोटीलाई कार्यवाहकको जिम्मेवारी, प्रवक्तामा मनिष ★   पार्टीमा बस्ने वातावरण छैन भन्दै निस्किए महामन्त्री ढकाल ★   ललितपुर महानगरले भत्कायो अख्तियारका आयुक्त अमात्यले अतिक्रमित गरेको संरचना ★   एमालेबाट सरकारमा रहेका मन्त्रीहरूले प्रधानमन्त्रीलाई राजीनामा बुझाए

नेपाली पैसामा पृथ्वीनारायण शाहको तस्बिर राखौ: कमल थापा



काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाली पैसामा पृथ्वीनारायण शाहको तस्विर अंकित गर्न माग गर्नु भएको छ।

राप्रपा नेपालद्वारा ३०१ औं पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिबसको अवसरमा आयोजना गरेको चियापान समारोहलाई सम्बोधन गर्दै अध्यक्ष थापाले पृथ्वीनारायण शाह कुनै राजनीतिकवाद र विचार भन्दा माथि रहेको भन्दै नेपाल एकिकरणको अभियान एक संस्थासँग मात्रै सम्बन्धित नभई नेपाललाई नाम र पहिचान दिने महान् कार्य भएको बताउँदै उहाँलाई सम्मान दिन राज्यले कन्जुस्याइँ गर्न नहुने बताउँनु भयो।

७४ सालमा आफू सरकारमा रहँदा राज्यले नै ओपचारिक रुपमा पृथ्वी जयन्ती मनाइएको स्मरण गर्दै यसपटक पृथ्वी जयन्ती एवं एकता दिवसमा राज्यको उपस्थिति नभएको प्रति रोश प्रकट गर्नु भयो अध्यक्ष थापाले भन्नू भयो ‘राज्यले यसपटक बिदा दिएतापनि त्यो बिदा राजनैतिक स्वार्थ परिपुर्ति गर्ने माध्यमका लागि मात्रै भएको छ, अघिल्ला वर्ष जस्तै सरकारी निकाय नेपाल प्रज्ञा प्रतिष्ठान मार्फत सरकारले मनाउने पृथ्वी जयन्ती यसपटक रोकिएको छ।’ ७४ साल देखि निरन्तर राष्ट्र निर्माताप्रति श्रद्धा अर्पण गर्ने गरेको प्रति राष्ट्रपतिप्रति भने उहाँले धन्यवाद अर्पण गर्नु भयो।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक एवं इतिहासविद् डा. रमेश ढुंगेल र वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले पृथ्वीनारायण शाहको योगदान र व्यक्तित्व माथि प्रकाश पारेका थिए।