६ श्रावण २०८३, बुधबार
,
Latest
श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको निर्देशन टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी विभिन्न कार्यक्रम गरी ४४३औँ बिपी स्मृति दिवस मनाइँदै भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १९ जना पक्राउ सुनचाँदीको मूल्य वृद्धि मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै एमालेका ६ मन्त्रीद्वारा बागमती प्रदेश सरकारबाट सामूहिक राजीनामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पृथ्वीजयन्ती मनाउँदा कसैले हिनताबोध गर्न पर्दैन– अध्यक्ष लिङ्देन



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले पृथ्वीजयन्ती एवं राष्ट्रिय एकता दिवसलाई राष्ट्रले उत्सवका रूपमा मनाउनुपर्ने आवश्यकतामा जोड दिनुभएको छ ।

तीन सय एकऔँँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राप्रपाद्वारा आज भृकुटीमण्डपमा आयोजित जलपान समारोहमा उहाँले पृथ्वीजयन्ती कुनै राजनीतिक दल र विचार विशेषको मात्र नभई नेपाली जनताको गौरव, इतिहास र पहिचानसँग सम्बन्धित जयन्ती रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “एकता दिवस मनाउँदा कसैले हिनताबोध गर्न पर्दैन, पृथ्वी थिए, त्यसैले नेपाल भन्ने राष्ट्र छ, नेपाल छ । त्यसै कारण पद र प्रतिष्ठा पाएका छौँ, उपेक्षामा परेको यो दिनलाई नयाँ सरकारले सार्वजनिक बिदा दिएर सुकार्यको काम गरेको छ । पार्टीका तर्फबाट धन्यवाद ज्ञापन र निर्णयको स्वागत गर्छु ।”

एक प्रश्नको जवाफमा सरकारका प्राथमिकतामा आफूले उठाएका पृथ्वी जयन्तीलगायतका मुद्दा समेटिएकाले सरकारमा जान ढोका खोलेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “सरकारबाट भ्रष्टाचारको विरुद्ध र सुशासनको पक्षमा नयाँ ढङ्गले काम गर्ने प्रतिबद्धता आएको छ, सेवा प्रवाह चुस्तदुरुस्त हुनुपर्छ, मलखादको सहज उपलब्धता गर्ने विषय पनि स्वीकार गरेको छ । दलभित्र छलफल गरेर हामी सरकारमा सहभागी हुने विषयलाई टुङ्ग्याउँछौँ ।” रासस