७ आश्विन २०८१, सोमबार
,
Latest
संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ आर्थिक स्रोतको बहस गर्न आवश्यक छः उपाध्यक्ष पाण्डे अर्थमन्त्री पौडेल चीन प्रस्थान गर्दै काँग्रेस–एमालेले सत्ताका लागि संविधान संशोधनको कथा बनाएः अध्यक्ष दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल समूहले प्रधानमन्त्री देउवाका लागि आवश्यक परेको संख्यामा मात्र विश्वासको मत दिने



फाईल फोटो
अ+ अ-

काठमाडौ  । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट आज विश्वासको मतका लागि प्रस्ताव दर्ताए गराउनु भएक संगै नेकपा एमाले माधव नेपाल पक्षले के गर्छ भन्ने चासो सर्वत्र छ ।  नेकपा माओवादी केन्द्र, जनता समाजबादी पार्टी उपेन्द्र  यादव समूह र राष्ट्रिय जनमोर्चाले देउवालाई विश्वासको मत दिने निर्णय गरिसकेको छ ।

नेपाली काग्रेसको ६१ माओवादीकेन्द्रको ४९ जनमोर्चाको १ तथा जनता समाजवादी पार्टीको १७ सांसद देउवाको पक्षमा उभिएका छन् । प्रतिनिधिसभाको कुल सदस्य संख्या २७१ मध्ये बहुमतको लागि १३६ सांसदको समर्थन आवश्यक पर्छ ।  जसका लागि थप ८ मत आवश्यक पर्छ  ।  निर्णायक शक्तिका रुपमा रहेको नेकपा एमाले माधव नेपाल समुहले आवश्यक पर्ने मत मात्र देउवालाई दिने तयारी गरेको छ ।

नेपाल समूहका एक नेताका अनुसार  बहुमतका लागि जति मत आवश्यक पर्छ त्यो हामीले दिन्छौ हाम्रा पक्षका अन्य साथीहरु तटस्थ बस्ने वा पक्षमा उभिने भन्ने सल्लाह भै रहेको छ ।

ती नेताका अनुसार आज विश्वासको मत दिए संग लगभग पार्टी फुट्ने हुदा केही दिन भित्र नै संसद अधिवेशन रोकेर अध्यादेश मार्फत राजनीतक दल सम्बन्धी अध्यादेश जारी गर्ने र निर्वाचन आयोगमा दर्ता भएको नयाँ दल क्रियाशिल गराउने र सरकारमा उपप्रधानमन्त्री सहित आठ मन्त्रालय लिएर सारकारमा सहभागी हुने जानकारी दिनुभयो ।