• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo

कर्णालीको मुख्यमन्त्रीका लागि माओवादीका शर्माको दाबी पेश



काठमाडौँ । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र)का राजकुमार शर्माले दाबी पेश गरेका छन् ।

२५ सांसदको हस्ताक्षरसहित उनले प्रदेश प्रमुख तिलक परियार समक्ष दाबी पेश गरेका हुन् ।

सातदलीय गठबन्धनको शीर्ष तहमा कर्णालीको मुख्यमन्त्री माओवादीलाई एकलौटी दिने निर्णय भएपनि प्रदेशस्तरमा एमालेसँग आलोपालो गर्ने सहमति भएपछि मुख्यमन्त्रीको दाबी पेश गरिएको हो ।

शर्मालाई माओवादी केन्द्रका १३, एमालेका १० र राप्रपाका १ गरी २५ सांसदको समर्थन रहेको छ ।

माओवादी पोलिटव्युरो सदस्य समेत रहेका शर्मा रुकुमपश्चिम प्रदेशसभा (२)बाट निर्वाचित सांसद हुन् ।