२४ भाद्र २०८३, बुधबार
,
Latest
हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह सातै प्रदेशमा पुगेर विद्यालय पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन गरिँदै यातायातसम्बन्धी कानुन कार्यान्वयनका लागि आवश्यक संयन्त्र र जनशक्ति पनि तयार गर्नुपर्छ : राजेन्द्र विक्रम बानियाँ रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३६७ पुग्यो, ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन कुनैपनि देशलाई दोषारोपण होइन, सहकार्य गर्नुपर्छः जलवायु विज्ञ मञ्जित ढकाल उखु किसानको सधैको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’ नेपालको इतिहासमा भदौ २४ अभूतपूर्व विनासको दिन : निरज आचार्य बाजुराको खोलाले बगाउँदा किशोर बेपत्ता :खोजी जारी बाढीका कारण काठमाडौं उपत्यकामा देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल टी–२० लिगको उपाधि लुम्बिनी अल स्टार्सले जित्यो



अ+ अ-

काठमाडौँ । पहिलो संस्करणको टी–२० लिगको उपाधि लुम्बिनी अल स्टार्स नेपालले जितेको छ । विराटनगर सुपर किङ्सलाई २४ रनले पराजित गर्दै लुम्बिनी च्याम्पियन बनेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले दिएको १ सय ३४ रनको लक्ष्य पछ्याएको विराटनगर निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ९ रनमा सीमित भयो ।

विराटनगरका लागि ओपनर अर्जुन साउदले सर्वाधिक ३४ रन योगदान गरे । यस्तै, हुसेन टलत १३ रन र पृथु बास्कोटा ३१ रनबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

लुम्बिनीका हर्मीतसिंह र सागर ढकालले समान दुई विकेट लिँदा विपुल शर्मा र किशोर महत्तोले एक-एक विकेट लिए । यसअघि, टस जितेर पहिला ब्याटिङ थालेको लुम्बिनी चार बल बाँकी रहँदा अलआउट हुँदै १ सय ३३ रन जोडेको थियो ।

लुम्बिनीका लाहिरु मिलान्थाले सर्वाधिक ४१ रनको योगदान गरे । हर्मीतसिंहले ३० रन बनाए । कप्तान दिपेन्द्रसिंह ऐरी २० रनमा आउट हुँदा लुम्बिनीका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

विराटनगरका नन्दन यादव र राज ननन्ले समान दुई विकेट लिँदा सूर्य तामाङ, कियोन जोसेफ र कप्तान रोहित पौडेलले समान एक-एक विकेट लिए ।

समूह चरणमा १० मध्येका ८ खेल जितेर १६ अंकसहित शीर्ष स्थानमा रहँदै लुम्बिनी प्लेअफ पुगेको थियो । प्लेअफमा जनकपुर रोयल्सलाई हराउँदै लुम्बिनीले फाइनल यात्रा तय गरेको थियो ।

समूह चरणमा समान ५ जित र हारको नतिजा निकालेको विराटनगर १० अंकसहित तेस्रो स्थानमा रहेर इलिमिनेटर पुगेको थियो । इलिमिनेटरमा काठमाडौं नाइट्सलाई हराउँदै विराटनगरले दोस्रो क्लालिफायरमा स्थान बनायो । उक्त खेलमा जनकपुरलाई हराउँदै विराटनगरले फाइनलमा लुम्बिनीसँगको भेट पक्का गरेको थियो ।

विजेता बनेको लुम्बिनीले ५५ लाख प्राप्त गर्नेछ । उपविजेता विराटनगरले ३० लाख, तेस्रो स्थानको जनकपुरले १० लाख र चौथो भएको काठमाडौंले ५ लाख प्राप्त गर्नेछन् ।

यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५ लाख, उत्कृष्ट ब्याटर र बलरलाई समान २ लाख ५० हजार र इमर्जिङ खेलाडीलाई १ लाख ८० हजार प्रदान गरिनेछ ।




भर्खरै