१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित

वर्तमान सत्तारुढ गठबन्धन टुट्नु अनिवार्य छ- योगेशकुमार भट्टराई (भिडियो सहित)

वर्तमान सत्तारुढ गठबन्धन टुट्नु अनिवार्य छ- योगेशकुमार भट्टराई (भिडियो सहित)
फाईल फोटो
अ अ+ अ-

काठमाडौं । नेकपा (एमाले)का सचिव तथा सांसद योगेशकुमार भट्टराईले वर्तमान सत्तारुढ गठबन्धन टुट्नु अनिवार्य रहेको बताउनुभयो । गठबन्धन अप्राकृतिक रुपमा जोडिएको र जग कमजोर भएकाले टुट्नु अनिवार्य रहेको उहाँको भनाई छ । गठबन्धन टुटेको खण्डमा नेपालको संविधानको धारा ७६ प्रभावित हुने भएकाले सो धारा अनुसार एमालेको भुमिका कहाँ हुन्छ सोही अनुसार भुमिका निर्वाह गरीने उहाँले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘अहिले सरकार एमालेको प्राथमिकता होइन । एमालेको प्राथमिकता चुनाव हो । वैशाख ३० गतेको चुनाव र आउने संघ र प्रदेशको चुनाव एमालेको प्राथमिकता हो । एमालेको प्राथमिकता सत्ता गठबन्धन होइन, प्रधानमन्त्री, मन्त्री होइन । यो गठबन्धन जे उद्देश्यले बनेको थियो, यसको जग बलियो थिएन । यसमा पर्याप्त मात्रामा क्रंक्रिटहरु थिएनन् । सिमेन्टहरु थिएन । छडहरु मिलाएको थिएन । रसायन मिलेको थिएन । त्यसकारण यो टुट्नु त अनिवार्य छ । यो त एकदमै अप्राकृतिक ढंगले मात्रै जोडिएको हो यो टुट्नु अनिवार्य छ । टुटेपछि संविधानले जे व्याख्या गरेको छ, सर्वोच्च अदालतका न्यायाधीशहरुले जे व्याख्या गर्नुभएको छ, त्यो व्याख्यामा जान्छ । त्यसको मतलव संसदमा अर्को सरकार बन्ने सम्भावना हुँदासम्म त संसद विघटन हुन्न भन्या छ । जब यो गठबन्धन टुट्छ भने संविधानको धारा ७६ प्रभावित हुन्छ । धारा ७६ ले जे–जे भनेको छ त्यो–त्यो हुन्छ । धारा ७६ भित्र एमालेको भुमिका जहाँ–जहाँ हुनुपर्ने त्यही–त्यही हुन्छ । तर अहिले हामी त्यसमा लालायित छैनौँ ।’

उहाँले एमसीसीको सम्बन्धमा एमालेले धारणा बनाउनुअघि एमालेले उठाइरहेको मागको सम्बोधन हुनुपर्ने बताउनुभयो । एमालेको माग अनुसार १४ जना सांसदहरुलाई कारबाही गरीनुपर्ने उहाँले बताउनुभयो । सचिव भट्टराईले एमालेको प्राथमिकता सत्ता गठबन्धन नभई आगामी तिनै तहको निर्वाचन भएको उल्लेख गर्नुभयो ।