२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मलेसियामा नेपाली श्रमिकको सुरक्षादेखि डिजिटल सेवासम्म खरेलका प्राथमिकता News Polar प्रस्तावित राजदुत डा. झाको योग्यता र कार्यक्षमतामाथि सत्तारुढ सांसदको प्रश्नै प्रश्न News Polar श्रीलंकासँग आर्थिक साझेदारी बलियो बनाउने राजदूत झाको प्रतिबद्धता News Polar तुलसीपुर प्रहरीका लागि ‘बडी बर्न’ क्यामेरा News Polar मतदातासूचीबाट तीन हजार ४७२ मतदाताको नाम हटाइयो News Polar वीरगन्जमा फरार प्रतिवादी प्रक्राउ News Polar कांग्रेस महाधिवेशन : आदिवासी जनजातितर्फको मतगणना सम्पन्न, बहादुर सिंह लामा तामाङ विजयी News Polar प्रधानमन्त्री राहत कोषमा पौने १८ अर्ब मौज्दात News Polar राजदूत सुनारबारे प्रहरीको अभिलेखमा मिलापत्र, डिपोर्टबारे अध्यागमनसँग विवरण छैन News Polar दसैँअवधिभर काभ्रेमा टिपर सञ्चालनमा रोक News Polar ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु News Polar पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्मा देशभर १७ हजार ८२ व्यवसायी दर्ता News Polar चितवनमा नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित News Polar दुई हजारमाथि विद्यार्थी भएका १०९ विद्यालयमा ६ अर्ब लगानी गर्दै शिक्षा मन्त्रालय News Polar कांग्रेस खस आर्य महिला केन्द्रीय सदस्यमा भद्रा पराजुलीको अग्रता, जानुका पन्त दोस्रो News Polar भोजपुरमा माटो कमेरोले घर पोत्ने चलन हराउँदै News Polar कोरलानाकाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस News Polar छेपारे पहिरोको पीडाः ‘न बच्यो साहारा, न रह्यो बास’ News Polar भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा News Polar वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

राष्ट्रियसभाको नवौँ अधिवेशन आजदेखि प्रारम्भ

राष्ट्रियसभाको नवौँ अधिवेशन आजदेखि प्रारम्भ
अ अ+ अ-

काठमाडौं । राष्ट्रियसभाको नवौँ अधिवेशन आजदेखि प्रारम्भ भएको छ । सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाउनुभएको थियो ।

उहाँले नेपाली काँग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गरिएको तथा मन्त्रिपरिषद् विस्तारसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो । बैठकमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र प्राप्तिका लागि ज्यान उत्सर्ग गर्ने ज्ञातअज्ञात शहीदप्रति दुई मिनेट मौनधारण गरिएको थियो ।

अधिवेशन प्रारम्भ भएसँगै नेपाली काँग्रेसका सांसद राधेश्याम अधिकारीले कोभिड–१९ को सङ्क्रमण बढ्दो रहेकाले जोखिम नियन्त्रणका लागि कोभिड १९ विरुद्धको खोपको प्रभावकारी व्यवस्थापनलाई निरन्तरता दिन सरकारसमक्ष माग गर्नुभयो । 
जारी मनसुनका कारण प्राकृतिक विपद्का घटना पीडितको राहत, उद्धार तथा बास व्यवस्थापनका लागि थप प्रभावकारी काम गर्न उहाँले आग्रह गर्नुभयो ।

नेकपा (एमाले) का सुमनराज प्याकुरेलले सत्ता प्राप्तिका लागि दलीय प्रणालीलाईसमेत कमजोर पार्नेगरी सर्वोच्च अदालतको फैसलाले विधिको शासनमाथि प्रश्न चिन्ह लागेको र सुधारिएको पञ्चायती व्यवस्था लागू गर्न खोजिएको आरोप लगाउनुभयो ।

उहाँले जनमतप्राप्त गरेर आफूहरु पुनः सत्तामा जाने उल्लेख गर्दै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अगाडि सारेका कामलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न अवरोध गरिएको बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र) राष्ट्रियसभा दलका नेता दिनानाथ शर्माले प्रतिपक्षलाई विश्वासमा लिएर सहमति र सहकार्यको संस्कृतिलाई बढावा दिई मुलुकमा व्याप्त समस्याको समाधानका लागि सबै राजनीतिक दललाई आग्रह गर्नुभयो । उहाँले संविधानको रक्षाका लागि सर्वोच्च अदालतले गत असार २८ गते गरेको फैसला दुरगामी महत्वको रहेको टिप्पणी गर्नुभयो । रासस