• ३२ जेष्ठ २०८१, शुक्रबार
  •      Fri Jun 14 2024
  •   Unicode
Logo
Latest
★   ग्लोबल आइएमई बैंक डिल्लीबजार शाखाद्वारा वित्तीय तथा डिजिटल बैंकिङ्ग साक्षरता कार्यक्रम आयोजना ★   राष्ट्रपति पौडेलले भोलिदेखि जर्मनीको औपचारिक भ्रमण गर्नुहुँदै ★   सडक बनेको १८ वर्षपछि स्तरोन्नति ★   सदनमा उठेका विषयको जवाफ दिन सरकारलाई सभामुखको रूलिङ ★   कांग्रेसका नेताहरूमाथि गृहमन्त्रीले लगाएको आरोपमा प्रधानमन्त्रीले जवाफ दिनुपर्छ: कांग्रेस ★   म्याग्दीमा कृषि विकासका विविध कार्यक्रम कार्यान्वयनमा ★   पृथ्वीराजमार्गमा सवारी दुर्घटना: घाइते २० मध्ये पाँचजना गम्भीर ★   रातो मच्छिन्द्रनाथ रथयात्रा साउन १७ मा ★   अफगानिस्तान टी–२० विश्वकपको सुपर–८ मा प्रवेश ★   गृहमन्त्री रविका सय दिन : के गरे ? के गर्न सकेनन् ?

नेपाल टी–२०: जनकपुरलाई हराउँदै विराटनगर फाइनलमा



काठमाडौं । पहिलो संस्करणको नेपाल टी–२० लिगअन्तर्गतको दोस्रो क्वालिफायर खेलमा जनकपुर रोयल्सलाई हराउँदै विराटनगर सुपर किंग्स फाइनलमा पुगेको छ ।

टियु मैदानमा भएको खेलमा विराटनगरले जनकपुरलाई ३९ रनले पराजित गरेको हो ।

विराटनगरले दिएको १ सय ६८ रनको लक्ष्य पाएको जनकपुरले १९.१ ओभरमा अलआउट हुँदै १ सय २८ रन बनायो।

जनकपुरका लागि चाडविक वाल्टनले ४७ बलमा ५१ रनको अर्धशतकिय इनिङ खेले । उनले ६ चौका प्रहार गरे । यस्तै कप्तान ट्राभोन ग्रिफिथले ३४ रन बनाए । ग्रिफिथ र चाडविक वाल्टनले ५६ रनको साझेदारी गरे । खडक बोहोराले १४ रन बनाए भने अन्य खेलाडीले दोहोरो अंकमा रन बनाएनन् ।

विराटनगरका लागि बलिङ गरेका राज नाननले ४ ओभरमा २८ रन दिएर ३ विकेट लिए । यस्तै कियोन जोसेफले ३, नन्दन यादवले २ र सुर्य तामाङले १ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो । विराटनगरका लागि गौरान्शु शर्मा ४२ रन बनाए । यस्तै अर्जुन साउदले ३५ रन बनाउँदा राज नाननले ३३ रन बनाए भने हुसेन तलत ३१ रनमा आउट भए ।

जनकपुरका लागि बलिङ गरेका जितेन्द्र मुखियाले २ विकेट लिए भने सोमपाल कामी,सरफुदिन असरफ,ललित नारायण राजवंशी र शमीउल्लाह शिनवारीले समान १र१ विकेट लिए ।

विराटनगरले फाइनलमा लुम्बिनी अल स्टारसँग उपाधिको लागि खेल्नेछ ।

यस लिगको विजेताले ५५ लाख पाउनेछ भने उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्नेछ । यस्तै तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ।

त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त प्राप्त गर्नेछ भने उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् । इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ ।