२० मंसिर २०८२, शनिबार
,
Latest
महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल टी–२०: जनकपुरलाई हराउँदै विराटनगर फाइनलमा



अ+ अ-

काठमाडौं । पहिलो संस्करणको नेपाल टी–२० लिगअन्तर्गतको दोस्रो क्वालिफायर खेलमा जनकपुर रोयल्सलाई हराउँदै विराटनगर सुपर किंग्स फाइनलमा पुगेको छ ।

टियु मैदानमा भएको खेलमा विराटनगरले जनकपुरलाई ३९ रनले पराजित गरेको हो ।

विराटनगरले दिएको १ सय ६८ रनको लक्ष्य पाएको जनकपुरले १९.१ ओभरमा अलआउट हुँदै १ सय २८ रन बनायो।

जनकपुरका लागि चाडविक वाल्टनले ४७ बलमा ५१ रनको अर्धशतकिय इनिङ खेले । उनले ६ चौका प्रहार गरे । यस्तै कप्तान ट्राभोन ग्रिफिथले ३४ रन बनाए । ग्रिफिथ र चाडविक वाल्टनले ५६ रनको साझेदारी गरे । खडक बोहोराले १४ रन बनाए भने अन्य खेलाडीले दोहोरो अंकमा रन बनाएनन् ।

विराटनगरका लागि बलिङ गरेका राज नाननले ४ ओभरमा २८ रन दिएर ३ विकेट लिए । यस्तै कियोन जोसेफले ३, नन्दन यादवले २ र सुर्य तामाङले १ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो । विराटनगरका लागि गौरान्शु शर्मा ४२ रन बनाए । यस्तै अर्जुन साउदले ३५ रन बनाउँदा राज नाननले ३३ रन बनाए भने हुसेन तलत ३१ रनमा आउट भए ।

जनकपुरका लागि बलिङ गरेका जितेन्द्र मुखियाले २ विकेट लिए भने सोमपाल कामी,सरफुदिन असरफ,ललित नारायण राजवंशी र शमीउल्लाह शिनवारीले समान १र१ विकेट लिए ।

विराटनगरले फाइनलमा लुम्बिनी अल स्टारसँग उपाधिको लागि खेल्नेछ ।

यस लिगको विजेताले ५५ लाख पाउनेछ भने उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्नेछ । यस्तै तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ।

त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त प्राप्त गर्नेछ भने उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् । इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ ।