२२ मंसिर २०८२, सोमबार
,
Latest
पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने करेन्सीको भाउ बढ्दा नेपालमा लाभ भन्दा हानी धेरै: अर्थविद् नरबहादुर थापा स्वास्थ्य बिमाः अब काभ्रेका आठ अस्पतालबाट सेवा एनपीएलमा आज खेल नहुने, भोलि पहिलो क्वालिफायर ओमानको कला प्रदर्शनी मस्कटमा सम्पन्न मन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा जिल्ला प्रशासन कार्यालयद्वारा सबै सेवा प्रवाह भइराखेको छ : प्रजिअ अधिकारी मालढुङ्गा–बेनी सडकः स्तरोन्नतिपछि यात्राअवधि छोटियो तोरीबारीबीच चम्किने हिमशृंखला-फोटो फिचर वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक २१.३५ गिरावट



अ+ अ-

काठमाडौँ । मंगलवार नेप्से परिसूचकमा करेक्शन आएको छ । नेप्से कारोबारको शुरुवातमा ६५ अंकभन्दा बढी अंकले बढेको नेप्से अन्तिम समयमा आएर गिरावट आएको छ ।

मंगलवार नेप्से परिसूचक २१.३५ अंक घटेर २१९०.४२ बिन्दुमा झरेको छ । त्यस्तै, त्यसैगरी,सेन्सेटिभ इण्डेक्स ०.७५ अंकले घटेको छ भने फ्लोट इण्डेक्स १.३२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१७ अंकले घटेको छ ।

मंगलवार कारोबारमा आएका २५४ कम्पनीको २ करोड ८ लाख ४३ हजार कित्ता शेयर ७ अर्ब ६५ करोड ८८ लाख २३ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । मंगलवार नेप्सेमा गिरावट आए पनि कारोबार रकम भने ११ महिना यताकै उच्च भएको छ ।

नेप्सेका १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक घटेको छ भने २ उपसमूहको परिसूचक बढेको हो । जसमा बैंकिङ्ग र म्युचुअल फण्ड उपसमूहको बढेको छ । त्यस्तै,वित्त उपसमूहको परिसूचक ४.३१ प्रतिशत, होटल तथा पर्यटन उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ ।

मंगलवार नेप्से परिसूचक घटे पनि बाराही हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै,सिंगटी हाइड्रो इनर्जी र विन नेपाल लघुवित्तको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ । यता, तारागाउँ रिजेन्सी होटलको शेयरमूल्य करिव ९ प्रतिशत घटेको छ । आज ङादी ग्रुप पावर कम्पनीको २१ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।