१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवालाई ओलीको प्रश्न– ‘गुरुजी, आफूले कतिपल्ट संसद् विघटन गर्नुभो ?’



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनको विषयमा कांग्रेस सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले उठाएको विषयमा जवाफ फर्काएका छन् ।

मंगलबार प्रतिनिधि सभामा बोल्दै अध्यक्ष ओलीले भने ‘२०१५ सालमा संसद् बन्यो, २०१७ सालमा विघटन भयो। त्यसको विघटन गर्ने राजा महेन्द्र हुन्। म होइन। २०४८ सालमा निर्वाचन भयो ।०५१ सालमा विघटन भएर मध्यावधिमा जाने नेपाली कांग्रेस हो । म होइन ।,’

ओलीले देउवालाई संकेत गर्दै भने, ‘गुरुजी, कतिपल्ट संसद् विघटन भयो ? कतिपल्ट के भयो ? माननीय शेर बहादुरजीले ०५८ साल असारमा संसद विघटन गरेर मध्यावधी गएको होइन । म मेरा मित्रलाई सोध्न चाहान्छु, यहाँले होइन संसद विघटन गर्‍या होइन ? अरुले विरोध गरेको भए पनि मैले त्यतिबेला समर्थन गरेको थिएँ ।’

कांग्रेसले प्रतिनिधि सभा विघटन गरेको स्मरण गर्दै आफूले गरेको संसद् विघटन पनि सही नै भएको ओलीको दाबी छ ।