२० मंसिर २०८२, शनिबार
,
Latest
अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीलाई विश्वासको मत दिने भएपछि ओलीको कांग्रेसलाई धन्यवाद



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेकामा नेपाली कांग्रेसलाई धन्यवाद दिएका छन् ।

जारी प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै ओलीले कांग्रेसले विश्वासको मत दिने निर्णय गरेपछि लोकतन्त्रको नयाँ भाष्य स्थापित भएको बताउँदै कांग्रेस सभापति देउवालाई धन्यवाद दिएका हुन् ।

‘डेमोक्रेसीको एउटा नयाँँ भाष्य स्थापित गर्नुभएको छ, यसबारेमा देशमा पनि छलफल होला, विदेशमा पनि छलफल होला, इतिहासमा पनि छलफल होला’ ओलीले भने ‘नयाँ इन्टरप्रिटेसन छ । देउवाजीले सरकारलाई समर्थन गर्नुभएको छ मैले खण्डन गर्नै मिलेन ।’