२४ भाद्र २०८३, बुधबार
,
Latest
माटोमा अम्लीयपन बढ्दै, उत्पादन घट्ने जोखिम झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने ‘बाढीग्रस्त रसुवामा उद्धारसँगै राहत वितरणमा जोड’ प्रधानमन्त्री राहत कोषमा झण्डै १२ अर्ब रुपैयाँ मौज्दात रसुवा बाढीपछि प्रधानमन्त्री शाहद्वारा तीनवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गोकुल बाँस्कोटाको टिप्पणी : ‘त्यो किमार्थ क्रान्ति थिएन, नागरिक असन्तुष्टि मात्रै थियो’ हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह सातै प्रदेशमा पुगेर विद्यालय पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन गरिँदै यातायातसम्बन्धी कानुन कार्यान्वयनका लागि आवश्यक संयन्त्र र जनशक्ति पनि तयार गर्नुपर्छ : राजेन्द्र विक्रम बानियाँ रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३६७ पुग्यो, ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल टी–२०: जनकपुरलाई फाईनल पुग्न १६८ रनको लक्ष्य



अ+ अ-

काठमाडौं । पहिलो संस्करणको नेपाल टी–२० लिगको फाईनल पुग्न विराटनगर सुपर किंग्सले जनकपुर रोयल्सलाई १ सय ६८ रनको लक्ष्य दिएको छ ।

टियु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रन बनायो ।

विराटनगरका लागि गौरान्शु शर्मा ४२ रन बनाए । यस्तै अर्जुन साउदले ३५ रन बनाउँदा राज नाननले ३३ रन बनाए भने हुसेन तलत ३१ रनमा आउट भए ।

जनकपुरका लागि बलिङ गरेका जितेन्द्र मुखियाले २ विकेट लिए भने सोमपाल कामी,सरफुदिन असरफ,ललित नारायण राजवंशी र शमीउल्लाह शिनवारीले समान १/१ विकेट लिए ।

आजको बिजेताले फाईनलमा स्थान बनाउने छ भने पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने छ । आजको बिजेताले फाईनलमा लुम्बिनी अल स्टारसँग उपाधिको लागि खेल्नेछ ।

यस लिगको विजेताले ५५ लाख पाउनेछ भने उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्नेछ । यस्तै तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ।

त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त प्राप्त गर्नेछ भने उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् । इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ ।