१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवाद्वारा प्रचण्डलाई विश्वासको मत दिने प्रस्ताव, कार्यसम्पादन समितिले निर्णय गर्ने



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने प्रस्ताव गर्नुभएको छ ।

मंगलबार बिहान आफ्नो निवास धुम्बाराहीमा बसेको पार्टी पदाधिकारीको बैठकमा सभापति देउवाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनुपर्ने प्रस्ताव गर्नुभएको हो । तर पदाधिकारी बैठकमा विश्वासको मत दिनेबारे एक मत हुन नसकेको बताइएको छ ।

विश्वासको मत दिन नहुने मत जाहेर गर्ने पदाधिकारीहरुले यसबारे केन्द्रीय समितिले निर्णय गर्नुपर्ने माग गर्नुभएको थियो । तर तत्कालै केन्द्रीय समितिको बैठक बस्न असम्भव भएकाले कार्यसम्पादन समिति बैठकले निर्णय गरी बैठक बोलाइएको छ ।

अब कार्यसम्पादन समितिलाई केन्द्रीय समितिले गर्ने निर्णय गर्ने अधिकार दिइएको छ ।